झापाको दमकमा फेरि शंकाष्पद लास भिटियो


दमक ,९ असार । नेपालमा हत्या, हिंसा, बलात्कार, चोरी, डकैती, भ्रष्टाचार जस्ता जघन्य अपराध हरु खुले आम भैरहेको छ। सरकार ले यस्को विरुद्धमा न कुनै कडा कानुन नै बनाउन सकेको छ न अपराधी लाई हदसम्मको कार्बाही नै गर्न सकेको छ। यस्तो अवस्थामा जो कोहि यस्तो अपराध गर्न उक्साहट हुनु स्वाभाविक नै हो। यस्तै आज झापाको दमक ८ स्थित एक घरमा एउटी महिला मृत फेला परेकी छन् । स्थानीय योगेन्द्र पोख्रेलको घरमा डेरा गरी बस्ने दमक १० बाहघरेकी अन्दाजी २३ बर्षिया अनिता राई झुण्डिएको अवस्थामा गएराती मृत भेटिएका हुन् ।

इलामको चुलाचुली गाँउपालिका वडा नम्बर ३ माइती घर भएकी उनलाई श्रीमान जेवी राईले मारेर झुण्डाएको हुन सक्ने पीडितका आफन्तले आरोप लगाएका छन् । पीडितका मामा भुवन थुलुङ्गले मृत भेटिएकी भान्जीको शव शंकास्पद भएकाले घटनाको निष्पक्ष छानवीन गरि पीडितलाई न्याय दिन माग गरेका छन् । चारवर्ष अघि प्रेम विवाह भएका उनीहरुवीच केहिसमय यता घरायसी विवाद भई सम्बन्धविच्छेदको अवस्थामा पुगेका थिए । घटनाका बारे थप खुल्न सकेको छैन् ।
यसैवीच, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितले घटना प्रकृति र शवको मुचुल्का लिने काम भईरहेको बताउदै घटनाको कारणबारे अनुसन्धानपछि मात्र भन्न सकिने बताए । शव पोष्टमार्टमका लागि परिवारलाई जिम्मा लगाईएको डिएसपी पण्डितले जनाए ।