तमोर नदिमा बाढी आएर दुई ओटा पुल बगायो। बाढिको बहाब झन बढ्दो।

22Shares

साउन ६ – तमोर नदीमा आएको बाढीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा दुईवटा पुल बगाएको छ ।

अविरल वर्षापछि नदीमा आएको बाढीले बस्तीबाट दाङजेन जाने एक पक्की पुल र अर्को काठे पुल बगाएको हो ।

बाढीले चिनियाँ ठेकेदारले ओलाङचुङगोालमा छोडेको एउटा गाडी पनि बगाएको छ ।

तमोर नदीमा पानीको सतह नघढेको र अविरल वर्षा भइरहेका कारण जोखिम बढ्न सक्दै भन्दै स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ ।

22Shares