NRNA मलेसिया को बदनाम गराउने लाई कार्वाही को माग गर्दै क्षेत्रीय समिती जोहोर द्वारा प्रेस बिज्ञप्ति जारी

23Shares

साउन ८/ मलेसिया

गैर आवासिन नेपाली संघ NRNA मलेसिया (केन्द्र) ले सार्वजनिक गरेको बिज्ञप्ति सिङ्गो सस्था र आबद्ध संबंधित सबैको लागी न्यायोचित नभएको ठहर गर्दै NRNA मलेसिया (केन्द्र) ले सार्वजनिक गरेको बिज्ञप्ति प्रती असन्तुष्ट जनाउदै NRNA क्षेत्रीय साखा जोहोर ले बिज्ञप्ति जारी गरेको छ ।

केहीदिन एता रास्ट्रीय अन्लाईन मिडिया देखी साधारण अन्लाईन सम्म्का मिडिया बाट गैर आवासीय नेपाली संघ NRNA मलेसियाका महासचिव र NCC सदस्यको नामनै किटान गरि ठगीको आरोप लागेको समाचार बाहिरिएको र अहिले लगत्तै दियो पोस्ट लयाएत का मिडियामा NRNA मलेसियाका अध्यक्ष र कोषाअध्यक्षले राहतको नाममा आएको रकम हिनामिना गरेको अपुष्ट समाचार बाहिरिएको खबर प्रति NRNA क्षेत्रीय समिति जोहोर खेद प्रकट गर्दै विज्ञप्ति जारी गरि केन्द्र्ले सार्वजनिक गरेको बिज्ञप्ति न्यायोचित नभएको NRNA क्षेत्रीय साखा जोहोर ले सुभचिन्तक हरुलाइ बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

केन्द्र प्रती संखाको दायरा राख्दै झट्ट हेर्दा अपत्यारिलो भन्ने सब्द समेत प्रयोग गरि NRNA क्षेत्रीय समिति जोहोरका अध्यक्ष र सचिबको हस्ताक्षर गरि बिज्ञप्ति सार्वजनिक गरेको छ । गैर आवासीय संघ माथी एक पछि अर्को गर्दै ठगी तथा हिनामिनाको आरोप लाग्नुले सस्थाको गरिमालाइ घटाएको भन्दै दोसि उपर कडाइका साथ छानबिन गरि कानुनी कारबाको दायरामा ल्याउन समेत बिज्ञप्ति मार्फत जोडदार माग गरेको छ ।

23Shares