अन्लाइन थारु डान्स स्टार को टप ३ डान्सर छानियो। हेर्नुस को को छानिए।

267Shares

साउन २१/ अनलाईन थारु डान्स स्टार १० औ एपिसोड सकिए सङ्गै टप ३ डान्सर चयन भैसकेको छ।
AB music को प्रस्तुतिमा सन्जु बाबाद्वारा निर्देशीत अन्लाई थारु डान्स स्टार सेमि फाइनलमा पुगेको हो। विभिन्न ठाउबाट प्रतिस्पर्धा मार्फत चुनिएका टप २५ बाट हरेक एपिसोडमा प्रत्यक्ष प्रस्तुती दिदै आइरहेका प्रतिस्पर्धी हरु मध्ये अब ३ जना उत्कृष्ट प्रतिस्पर्धी मात्रै बाकी रहेका छन।
अब आउदो एपिसोडमा एकजना बारिए पछि बाकी २ जना लाई १२ औ एपिसोडमा प्रतिस्पर्धा गराइने छ। दर्शकहरुको भोट मार्फत निर्णय गरिने उक्त प्रतिस्पर्धा मा एकजनाले अन्लाइन थारु डान्स स्टारको उपाधि जित्नेछन।
१०औ एपिसोड सम्म आफ्नो प्रस्तुती दर्सक र निर्णायक सामु पस्केर छानिएका टप ३ का प्रतिस्पर्धी हरु – बर्दिया बाट दिपिका जि एस, मोरङ्ग बाट बिबेक चौधरि, सुन्सरी बाट प्रकाश चौधरी रेहेका छन।
यो कार्यक्रममा पहिलो, दोस्रोर तेर्सो गरि ३ ओटा पुरस्कार राखिएको छ जस्मा तेस्रो हुनेले रु ५०००, दोस्रो हुनेले रु १०००० र पहिलो हुनेले रु १५००० अनि सबै बिजेताहरुको लागि प्रमाण पत्र सहित मेडल रहनेछ।
थारु चलचित्र जानम र प्रेम बन्धन को स्पोन्सर रहेको यो कार्यक्रम मा निर्णायक हरु मा सुरेश चौधरी, वीर चौधरी,सुनिता दहित, बिबस जि एस र अनु चौधरी रहेका छन। यो कार्यक्रम को हरेक एपिसोड बिराट टिभी, अनलाइन थारु युत्य्युब च्यानल र AB music फेेेसबुुक पेेज बाट प्रत्यक्ष प्रसारण गरिदै आएको छ।

267Shares