बुटवल ब्याडमिन्टन क्लबले राष्ट्रिय प्रशिक्षकद्वारा पशिक्षण दिइदै ।


19/10/2019 | Jiwan Rai

बुटवल ब्याडमिन्टन क्लबले राष्ट्रिय प्रशिक्षकद्वारा पशिक्षण दिइदै ।

बुटवल
लुम्बिनी अञ्चलको व्यापारिक तथा औद्योगिक शहर रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं.११ पवित्रा नगर स्थित बुटवल ब्याडमिन्टन क्लबको भवनमा राष्ट्रिय स्तरका प्रशिक्षकहरुबाट ब्याडमिन्टन खेलको प्रशिक्षण फाल्गुण देखी दिने कार्य सुरु भएको छ । १६ बर्ष भन्दा मुनिका खेलाडी र अन्य खेलाडीहरुलाई समेत प्रशिक्षण दिने कार्य उक्त क्लबले शुरु गरेको हो । बुटवल ब्याडमिन्टन क्लब यस क्षेत्रको तथा नेपालकै एक भौतिक सुविधा सम्पन्न परानो क्लब हो, यस क्लबबाट उत्पादन भएका खेलाडीहरुले अन्र्तराष्ट्रिय स्तरको प्रशिक्षण समेत विदेशमा गएर लिएका छन् । । यस क्षेत्रको अग्रणी ब्याडमिन्टन क्लवले विगत दश बर्ष अघि देखी नै राष्ट्रिय स्तरका खेलमा आफ्नो सहभागिता जनाई विजय समेत हासिल गरी आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको कुरा राष्ट्रिय अम्पाएर तथा बुटवल ब्याडमिन्टन क्लबका खेलाडी अर्जुन बहादुर कार्कीले जानकारी दिनुभयो ।

भेट्रान्स तर्फ (४५ बर्ष भन्दा माथि उमेर) को खेलमा यस क्लबका खेलाडीले नेपालकै प्रथम स्थान हासिल गरेका थिए भने अर्को तर्फ हालचालै संचालन भएको प्रदेश नं.५ “मुख्यमन्त्री कप” ब्याडमिन्टन प्रतियोगितामा यस क्लबका खेलाडी सिङ्गल र डबल खेलमा प्रथम हुन सफल भएका थिए । अझै अन्र्तराष्ट्रिय स्तरका खेलहरु संचालन गरी “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारालाई सफल बनाउन क्लब लागि परेको कुरा पनि उहाँले जानकरी दिनुभयो । साना साना खेलमा रुची राख्ने भाईबहिनीहरुलाई खेलमा अझ बढी दक्ष र निपूर्ण गराउनकोे लागि यो प्रशिक्षण आयोजना गरिएको छ, आगमी दिनमा अन्र्तराष्ट्रिय स्तरका प्रशिक्षणहरुबाट प्रशिक्षण कार्यक्रम संचालन गर्ने लक्ष्य पनि यस क्लबले राखेको छ ।