हिमालय एयरलाइन्सले मलेसिया उडान सम्बन्धि तालिका निकाल्यो।

9Shares

पौष ४
हिमालय एयरलाइन्सले जून २१ देखि २४ सम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरेको छ । एयरलाइन्सले आज तालिका सार्वजनिक गरेको हो ।
विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुने भएको हो । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ । 
आज सार्वजनिक उडान तालिका यस्तो छ
जून २१ का दिन हिमालय एयरलाइन्सको जहाजले मलेशियाको क्वालालम्पुर र पाकिस्तानको इस्लामाबादबाट नेपालीहरु लिएर उडान भर्ने छ । उक्त उडानमा नेपाल फर्कन चाहनेले तालिकामा तोकिएका एयरलाइनका कर्मचारीलाई सम्पर्क गर्न सक्नेछन ।

त्यसैगरी, जून २२ गते माल्दिभ्सको माले, कतारको दोहा र यूएईको आबुधावीबाट यात्रु ल्याउने एयरलाइन्सले जनाएको छ । उक्त देशमा रहेका नेपाली जो नेपाल फर्कन चाहन्छन् उनीहरुले तालिकामा उल्लेखित नाम र फोन नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

एयरलाइन्सले जून २३ का दिन साउदी अरेबियाको दमाम र कुवेतबाट नेपालीहरु ल्याउने छ । जून २४ का दिन आबुधावी र कतारको दोहाबाट नेपालीहरु ल्याइने एयरलाइन्सले जनाएको छ । यसरी आउन चाहने नेपालीले कम्पनीले तोकेबमोजिमको भाडादर स्वयंले नै बेहोर्नुपर्ने छ ।

कुन दिन कहाँ उडान हुँदैछ, यस्तो छ हिमालय एयरलाइन्सको उडान तालिका ।

9Shares