साँगुरीगढी धनकुटामा पूर्व गाविस उपाध्यक्ष सहित सयौ कांग्रेसमा प्रबेश।


-नरेन्द्र कश्चित धनकुटा
साँगुरीगढी गाउँपालिका महाभारतमा पुर्व गाविस उपाध्यक्ष सहित सयौ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
साँगुरीगढी गाउँपालिका वडा नम्बर-७ धनकुटाको महाभारतमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्व गाविस उपाध्यक्ष सहित सयौलाई नेपाली कांग्रेसका सह-महामन्त्रि सुनिल वहादुर थापा,केन्द्रिय आमान्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापति अग्नी प्रसाद पौडेल,महासमिति सदस्य आनन्द सन्तोषी राई,नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई,नेपाल महिला संघका पुर्व केन्द्रीय महिला सदस्य टिकादेवी भण्डारी रिजाल,नेपाल तरुण दलका पुर्व केन्द्रिय सदस्य कमोट फागो,नेपाल तरुण दलका जिल्ला अध्यक्ष दिनेश राई लगायतका नेताहरुले टिका अविर माला लगाई दिई नव प्रवेशीहरूलाई स्वागत गर्नु भएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा राप्रपा परित्याग गरी पूर्व महाभारत गाविस उपाध्यक्ष लाखध्वज राई,राप्रपाका यूवा नेताहरु गजेन्द्रराई,देवेन्द्र राई,विजय राई,फर्समान राई,विक्रम राई,टिकाराज राई,थमन राई,पर्शुराम राई,राजु राई,भरत राई,कृष्ण कुमार रार्य,पुरुण रार्य,धन कुमार राई,मंगल राई राम कुमार राई,कविन राई,सुमन राई,अरुणा राई करुण राई,विर वहादुर राई,सुमन राई,इश्वर राई,दिनेश राई,चण्डिका राई,मिलन राई,मन कुमार राई,मदन लिम्बु,उस्मिता राई,दिव्यराज राई,बाल कुमार राई,मान बहादुर राई,सुवास राई ,पूर्ण वहादुर राई,मदन राई,कल्पना राई ,सर्मिला राई,योगेश राई,विनिता राई लगायत २ सय १५ जना नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको साँगुरीगढी गाउँपालिका वडा नं -७ का वडा सभापति विष्णु राईले बताउनु भयो ।

नेपाली कांग्रेसले मात्र मुलुक र जनतालाई समृद्धी बनाउन सक्ने वताउदै सवैलाई नेपाली कांग्रेसमा प्रवेश गर्न पुर्व मन्त्रि एवं नेपाली कांग्रेसका सह-महामन्त्री सुनिल बहादुर थापाले अपिल गर्नु भयो ।लोकतन्त्रको लागि नेपाली कांग्रेसको विकल्प नरहेको र अब धनकुटेली जनता परिवर्तनको पक्षमा लाग्न आवश्यक रहेको कार्यक्रमका वक्ताहरू नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,महासमिति सदस्य आनन्द सन्तोषी राई,उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,यूवा नेताहरु कमोट फागु,हर्क चेम्जोग,टिकादेवी भण्डारी,नेपालधन राई,मोहान वान्तवा,जितेन्द्र राई,प्रकाश राई,यम प्रकाश मगर लगायतले बताएका थिए ।सागुरीगढी गाँउपालिका वडा नं. ७ नेपाली कांग्रेसका सभापति विष्णु राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली तरुण दल वडा नं. ८ का सभापति अविलास राईले गर्नु भएको थियो भने कार्यक्रम संचालन वडा नं. ७ का सचिव देवेन्द्र राईले गर्नु भएको थियो ।

कार्यक्रममा यूवा गायक राज कुमार राई लगायतका कलाकारहरुले गितहरु समेत प्रस्तुत गरेका थिए ।