शिक्षक हित बचत तथा ऋण सहकारीको ११औ साधारणसभा सम्पन्न


नरेन्द्र कश्चित पौष ६ धनकुटा ।
रामचन्द्र गुराँगाईको अध्यक्षतामा १९ सदस्यीय सञ्चालक समिती उपसमिती तथा फोकल पर्सन र्निविरोध निर्वाचित गर्दै शिक्षक हित बचत तथा ऋण सहकारी संस्था धनकुटाको ११ औं साधारण सभा आज सम्पन्न भएको छ ।

जिल्लाका ७ वटै पालिकामा अधिवेशनको तयारी पूरा गरी धनकुटामा आज साधारण सभा गरेको उप समिती सदस्य चक्रबहादुर पौडेलले बताउनु भयो । साधारण सभामा धनकुटा नगरपालिकाकी उपप्रमुख शकुन्तला बस्नेत,शहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राईले नव निर्वाचित पदाधिकारी र सदस्यलाई वधाई तथा सफल कार्यकालको शूभकामना दिएका थिए । साधारण सभाको अध्यक्षता निर्वाचन समितीका संयोजक तारानाथ मिश्रले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन निर्वाचन समितीका सदस्य गोविन्द राईले गर्नु भएको थियो ।