धनकुटामा नेकपा का नेताहरु एकढिक्का हुन डौडधुप।

14Shares

पौष ६ धनकुटा

धनकुटाका नेकपा नेताहरुले केन्द्रमा जे जस्तो अवस्था आए पनि जिल्लामा एक रहने हुने प्रतिबद्धता व्यक्त गरेका छन । नेकपा जिल्ला अध्यक्ष राजेन्द्र राईले सोमबार पत्रकार सम्मेलन गर्दै केन्द्रको झगडा आफूहरुको नियन्त्रणको विषय नभएको भन्दै जिल्लामा कति पनि विचलित नभई एक ढिक्का हुने बताउनुभयो ।

आफूहरु कसले सही र गलत ग¥यो भन्ने पक्षमा नभएको भन्दै जिल्लामा एक भएर सम्पुर्ण पार्टी पंक्तिका कार्याकर्तालाई नआत्तिन आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा पूर्वएमाले तर्फबाट प्रदेश सभा सदस्य निरन राईको उपस्थिति थियो ।

यसैवीच नेकपाकै जिल्ला सचिव ऋषीराम ढुंगानाले अर्को अपील जारी गर्दै निर्वाचित जनप्रतिनीधिमूलक सर्वोच्च संस्था संसद विघटन नेपाली कम्युनिष्ट आन्दोलनको मर्म भावना र उद्देश्य विपरि रहेको उल्लेख गर्नुभएको छ ।

संसद विघटनको कुरा “ऐतिहासिक राजनीतिक क्रान्ति र परिर्वतनबाट प्राप्त नेपालको संविधान माथि गरिएको अलोकतान्त्रिक,गैरसंवैधानिक,पश्चगामी मात्र नभई नेकपाका नेता कार्यकर्ता,सर्मथक,शूभेच्छुक र आम नेपाली जनताको आहा र भरोसा माथिको कुठाराघात एवम् २००६ साल देखी जारी योगदान र वलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र माथिको निर्मम प्रहार हो”सचिव ढुंगानाद्धारा हस्ताक्षरित अपील पत्रमा भनिएको छ ।

14Shares