अब धनकुटामा गुणस्तरीय आँखा उपचार हुने।

17Shares

पौष ६ धनकुटा ।
पूर्वी पहाडी जिल्लाहरुको नागरिकहरुलाई गुणस्तरी आखा उपचार सेवा प्रदान गर्नका लागि नेपाल नेत्र ज्योती संघ धनकुटाद्धारा संचालित श्री राम प्रसाद पोखरेल आखा अस्पताललाई आज हिमालयन बैकले फेको मेसिन हस्तान्तरण गरेको छ ।
हिमालयन बैकले उपलब्ध गराएको फोको मेसिन पूर्व मन्त्री तथा हिमालयन बैकका संचालक सुनिल वहादुर थापाले आज एक समारोहका विच धनकुटामा नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष रोशेष श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो । सोही अवसरमा सेवा फाउण्डेशनको सहयोग आखा अस्पतालमा स्थापना गरिएको ल्यापको समेत पूर्व मन्त्री थापाले आजै एक समारोहका विच उद्घाटन गर्नु भयो ।
उक्त कार्यक्रममा संविधान सभाका सदस्य तथा पूर्व मन्त्री पद्धमनारायण चौधरी,संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,नेपाल नेत्र ज्योती संघका केन्द्रिय अध्यक्ष डा चेतराज पन्त,महासचिव भरत चन्द,हिमालय बैक प्रदेश नं। १ का प्रमुख अमृत मल्ल,धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाई,राप्रपाका टिकाप्रसाद घिमिरे,,नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले आखा जस्तो संवेदनशिल अंगको गुणस्तरीय उपचारमा विशेष ध्यान दिएर बजेटको व्यवस्था गर्नु पर्नेमा जोड दिनु भयो ।
नेपाल नेत्र ज्योती संघ धनकुटका अध्यक्ष रोशेष श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा वरख गण सल्लेरी व्यारेकका गणपती कर्णेल भगवान थापा मगर,जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी गोविन्द्र अधिकारी,राष्टिय अनुसन्धान धनकुटका प्रमुख तुलसी कट्ेल,अर्र्वृद्ध रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,नेपाल नेत्र ज्योती संघका केन्द्रिय कोषाध्यक्ष दोर्ण गुरागाई,धनकुटा अस्पतालका प्रमुख डा।पुजन विश्कर्मा,धनकुटा नगरपालिका वडा नं। ६ का वडाध्यक्ष नरेश श्रेष्ठ , आखा अस्पतालका डा। इसा श्रेष्ठ,नेत्र सहायक डोनराज गुरुङ्ग लगायतको सहभागीतामा उक्त फेको मेसिन हस्तान्तरण र ल्यावको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
हिमालयन बैकको ३५ लाख रुपैयाको सहयोगमा फेको मेसिन उपलब्ध भएको र सेवा फाउण्डेशनको ५ लाख ५० हजार रुपैया वरावरको सहयोगमा ल्याव स्थापना गरी संचालन गरिएको नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष रोशेष श्रेष्ठले वताउनु भयो ।
उद्घाटन कार्यक्रमको संचालन नेपाल नेत्र ज्योती संघ धनकुटका सचिव देव वहादुर खड्काको अध्यक्षमा र स्वागत मन्तव्य कार्यकारी सदस्य तथा आखा अस्पतालका अध्यक्ष लिलानाथ मिश्रले गर्नु भएको थियो ।

17Shares