धनकुटाको भेडेटार काम्फेकमा मृत पुरुष फेला।

13Shares

पौष ८ धनकुटा
धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटार राजारानी सडक खण्डको काम्फेकमा एक पुरुष मृतवस्थामा फेला परेकाछन् ।
तराई मूलको जस्तो देखिने मागी खाँदै हिड्ने करिव ६० वर्षका ती पुरुषको अहिले सम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । निलो कोठे सर्ट, खैरो रंगको कपडाको पेन्ट लगाएको तराई मूलको जस्तो देखिने उनको शव आज विहान फेला परेको हो । अहिले सम्म उनकाे अाफन्त काेही पत्ता नलागेकाेले शव जिल्ला अस्पताल धनकुटामा राखीएकाे प्रहरीले जनाएकाे छ ।

13Shares