धनकुटाको सहिदभुमिमा नेकपा र राप्रपा परित्याग गरि सयौजना कांग्रेसमा प्रवेश

139Shares

पौष ११ धनकुटा ।-नरेन्द्र कश्चित

धनकुटाको सहिदभुमि गाउँपालिकामा नेकपा र राप्रपा परित्याग गरि सयौ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पल्टन राई र बाल कुमारी राईको अगुवाईमा राप्रपा र नेकपा पार्टीका कार्यकर्ताहरु पार्टी परित्याग गरी १ सय ९ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई कांग्रेसका सह महामन्त्री सुनिल वहादुर थापा,केन्द्रिय आमन्त्रीत सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापति अग्नी प्रसाद पौडेल,प्रदेस नम्वर १ का सांसद लिला सुब्बा, महासमिति सदस्य आनन्द सन्तोषी राई,उप-सभापति नविन किशोर शाक्य ,जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,यूवा नेता कमोट फागो,क्षेत्रिय सभापति जितेन्द्र राई सहिदभूमी गाउपालिकाका सभापति तिर्थ राई लगायतका नेताहरुले टिका अविर माला लगाई स्वागत गरेका थिए । सोही अवसरमा सहिदभूमी गाउपालिका वडा नं. ६ र ७ का जेष्ठ नागरिकलाई सम्मान गरिएको सहिदभुमिका पार्टी सचिव रुद्र राईले बताउनु भयो ।

पाटी प्रवेश कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सह महामन्त्री सुनिल वहादुर थापाले सहिदभुमि गाउँपालिकाका कम्युनिष्टहरूले यहाँका जनतालाई गरिबीमा राखेर एकछत्र ३५ बर्ष सत्ता चलाउदा पनि जनताको जीवन स्त्तर माथि उठ्न नसकेको आरोप लगाउनु भयो ।२०३६ सालमा सहिद भएकामाथि राजनीति गर्ने तर कम्युनिष्टहरू पटक पटक सत्तामा पुग्दा समेत सहिद घोषणा नगरेर सहिदहरूलाई अन्याय गरिरहेको देखेर सत्तामा रहदा आफुले नै राष्ट्रिय सहिद घोषणा गरेर देखाई दिएको बताउनु भयो ।नेपाली कांग्रेस जे बोल्छ त्यही गर्छ भन्दै थापाले कम्युनिष्टहरू नव तानाशाह र शोषक सामान्त्त जन्माई रहेको कारण यसको विरुद्धमा जनता लाग्न पर्ने बताउनु भयो ।कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले कांग्रेस भएकै कारणबाट सहिदभुमि गाउँपालिकाका जनतामाथि गरिरहेको गलत हर्कतप्रति नेपाली कांग्रेसले आवाज उठाउन शुरू गरेको बताउनुभयो ।स्थानीय सरकारले सहिदभुमिमा यसरी नै कांग्रेस भएकै कारणबाट विकास र सेवाबाट बन्चित गराउदै जान्छ भने कांग्रेसले त्यसको हिसाब अब लिने र प्रत्येक वडामा यसको डटेर सामाना गर्न कार्याकर्ताहरूलाई निर्देशन श्रेष्ठले निर्देशन दिनु भयो ।प्रदेश सभाका सदस्य लिला सुब्बाले समावेशीता र संघियताले देशको समृद्धी र विकास गर्ने वताउनु भयो ।नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलले मुलुकमा अहिले कांग्रेसको पक्षमा जनलहर बढ्दै गएको वताउनु भयो ।

नेपाली कांग्रेस सहिदभूमी गाउपालिकाका सभापति तिर्थ राईको अध्यक्षतमा सम्पन्न भएको पार्टी प्रवेश तथा क्रियाशिल सदस्यता फारम वितरण कार्यक्रममा महासमिति सदस्यहरु आनन्द सन्तोषी राई,घनेन्द्रराज श्रेष्ठ,उपसभापति नविन किशोर शाक्य,जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई ,जिल्ला सदस्यहरु कमोट फागु,मोहन वान्तवा,नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,क्षेत्रिय सभापतिहरु जितेन्द्र राई,इन्दिरा थापा,छथरजोरपाटी गाउँपालिका सभापति छत्र सुब्बा,नेपाल शिक्षक संघ प्रदेश १ का उपाध्यक्ष गंगाराम ढुंगाना,नेपाल तरुण दलका जिल्ला सचिव नरेन्द्र राई,वडा नं ३ का वडा सभापति श्याम राई,वडा नं ६ का सचिव प्रदिप राई,नेपाल दलित संघका पालिका सभापति धन वहादुर परियार, लगायतले कांग्रेस अव शक्तिशाली पार्टी हुने बताउनु भयो ।

139Shares