विद्यालयको वार्षिकोत्सबमा छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न ।

20Shares

पौष ११ धनकुटा ।-नरेन्द्र कश्चित

धनकुटा नगरपालिका २ को श्रीमान टंक माध्यमिक विद्यालय भिरगाउँले जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा अभिभावकलाई सम्मान् गरेको छ ।

६७ औ वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण तथा अभिभावकलाई सम्मान गरेको हो ।
कार्यक्रममा वखत वहादुर तिलक कुमारी अक्षकोषबाट ४ जना र वावुराम शर्मा लामिछाने स्मृती कोष मार्फत २ जना विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । वखत वहादुर तिलक कुमारी अक्षकोषबाट कक्षा ९ मा अध्ययनरत जेहेन्दार विद्यार्थीहरु पवित्रा भुजेल, रुद्र वहादुर मगर, कक्षा १० मा अध्ययनरत विनिता गुरागाई र आशिष राई लाई जनही ४,४ हजार ५,५ सय नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तैगरी वावुराम शर्मा लामिछाने स्मृती अक्षकोष मार्फत कक्षा ८ मा का आयुष खत्री र अस्मिता राईलाई जनही १,१ हजारको दरले नगद पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय प्रारम्भिक पढाई (ईजिआपी) कार्यक्रममा उत्कृष्ट विद्यार्थी कक्षा २ का आकृती तामाङ अभिभावक फत्य वहादुर तामाङलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय प्रारम्भिक पढाई (ईजिआपी) कार्यक्रम गत वर्ष नै सकिएको भएपनि यो विद्यालयले भने कार्यक्रमलाई निरन्तरता दिईरहेको प्रधानाध्यापक विश्कर्माले वताउनुभयो । कार्यक्रममा वोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका २ नं वडाध्यक्ष तामाङले कोरोना माहामारीको समस्याको कारण गत वर्षहरुमा जस्तो यस वर्ष भव्य समारोहको आयोजना गरि विद्यालयको वार्षिकोत्सव नमनाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र सम्वन्धित विद्यार्थीका अभिभावकहरुको उपस्थितीमा सामान्य तरिकाले मनाईएको स्पष्ट पार्नुभयो । उहाँले प्राथामिक तहका विद्यार्थीहरुको शैक्षिक सुधारका लागि यसै शैक्षिक सत्र भित्र २ वटा टी भि विद्यालयलाई उपलव्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

20Shares