हरेक उपलब्धि कांग्रेसले मात्र संस्थागत गर्न सक्छ-पुर्वमन्त्री सुनिल बहादुर थापा ।

2Shares

पौष १६ धनकुटा ।
नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल बहादुर थापाले आन्दोलनका हरेक उपलब्धीहरुको संस्थागत गर्ने काममा कंग्रेस मात्र सफल रहेको बताउनुभएको छ । नेपाल प्रेस यूनियन धनकुटा शाखाले आज आयोजना गरेको पत्रकार संमेलनमा बोल्दै नेता थापाले यस्तो बताउँनु भएको हो । कार्यक्रमा बोल्दै सहमहामन्त्री थापाले अहिलेको राजनैतिक र संविधानमा आइपरेको संकट नेकपा दुबै समुहको गलत निर्णय बाटआएको बताउँनु भएको छ । उहाले संविधानको कुनै पनि धारामा प्रधानमन्त्रि र राष्टपटिलाई संसद विगठनगर्ने अनुमति नदिएको जिकिर गर्नुभयो । पत्रकार संमेलनमा बोल्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रय सदस्यमनोहर नारायण श्रेष्ठले कांग्रेस लाई अहिलेको अवश्थामा चुनावमा जादाँ फाईदा भएपनि संविधानको पक्ष र लोकतन्त्रको पक्षमा कांग्रेस रहेकोले अहिले संसद पुनस्थापनाको माग गरेको बताउँनु भयो । प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश संसद लिला सुव्बा, नेपाली काग्रेशका सभापति अग्नि प्रसाद पौडेल, उपसभापति नविन किश्वर शाक्य, सचिव विजय सन्तोषी राई, सहसचिव सिता प्रधान, कोषाध्यक्ष दिनेश राई लगायतको उपस्थिति रहेको थियो ।

2Shares