धनकुटाको छथरजोरपाटीमा राष्ट्रिय मेलमिलाप दिवस।

2Shares

धनकुटा १६ पौष,
नेपाली कांग्रेस धनकुटा तथा छथरजोरपाटी गाउपालिका कार्य समितिले आज राष्टिय मेलमिलाप दिवसको अवसरमा मेलमिलाप दिवसको सान्र्दभिक्ता र पार्टी समायोजन तथा पार्टी प्रवेश क्रियाशिल सदस्यता फारम वितरण कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस सहमहामन्त्री सुनिल वहादुर थापाले मेलमिलाप दिवसको सान्र्दभिक्ता अझै कायम रहेको वताउनु भयो । नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले वि पि को राष्टिय मेलमिलाप दिवसको नितिबाट अगाडी बढे मुलुकमा समस्या समाधान हुने वताउनु भयो । प्रदेश सभा सदस्य लिला सुब्बाले वि पि को योगदानको वारेमा चर्चा गर्नु भएको थियो । नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल,नेपाली कांग्रेस आदिवासी जनजाती केन्द्रिय विभागका सदस्य आनन्द सन्तोषी राई,संविधान सभा सदस्य अञ्जना ताम्ली,पार्टीका जिल्ला उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राइ कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्यहरु कमोट फागु, निर्मल ओझा,विष्णु पौडेल ,गिरिजा दाहाल,महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ, कांग्रेसका नेता माधव भट्टराई,क्षेत्रिय सभापति इन्दिरा थापा, धनकुटा नगरका सभापति रोशन श्रेष्ठ,नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,वडा नं। ४ का वडा सभापति मेघराज खतिवडा,नेपाल तरुण दल धनकुटाका क्षेत्रिय अध्यक्ष तिलक महत लगायतले राष्टिय मेलमेलिाप दिवसको महत्वको वारेमा प्रकाश पार्नु भएको थियो । नेपाली कांग्रेस छथरजोरपाटी पालिका कार्य समितिका सभापति छत्र सुब्बाको अध्यक्षमा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव केशव चापागाईले गर्नु भएको भियो भने स्वागत मन्तव्य सहसचिव पदम भट्टराईले गर्र्नु भएको थियो । कार्यक्रममा तत्कालिन तांखुवा गाविसका पूर्व अध्यक्ष माधव भट्टराई, इन्द्र गुरुग लगायत राप्रपाबाट समायोजन हुन भएका र नेकपा ,राप्रपा तथा जनता समााजवादी पाटी परित्या गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरु र समायोजन हुनेहरुमा डिल्ली सुब्बा,हर्क तामाग,कमल विक,जित वहादुर कार्की,गोविन्द कटुवाल, टंकमााया राना,कमला काकी,शिव पौडेल,देविमाया सिजाली,कमल भट्टराई,दिपक लिम्बु,राजन थापा,केशव भूजेल, अनिल लिम्बु,सृजना लिम्बु,प्रकाश लिम्बु,डिल्ली लिम्बु,छत्र नेपाली,कृष्ण वहादुर लिम्ब,महोन लिम्बु,राजकुमार लिम्ब,जिवन लिम्बु,पूर्ण वहादुर लिम्ब,ुडिक वहादुर लिम्बु सन्देश लिम्बु,राम वहादुर लिम्बु,महेन्द्र थापा, मान वहादुर दाहाल,अमर थापा,पशुएराम थापा,कुल वहादुर घिमिरे,पर्शराम दाहाल लगायत ६ सय ८६ जना रहनु भएको नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।नेपाली कांग्रेस धनकुटा जिल्लाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सोही स्थानमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता फारम वितरण समेत भएको थियो । सो अवसरमा नेपाली कांग्रेस धनकुटा सहसतिव सिता श्रेष्ठ,जिल्ला सदस्यहरु सुमना तिम्सिना,ज्ञानु गुरुग,नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला नेपाल प्रेस युनियन धनकुटका अध्यक्ष हिमा चेम्जोग,निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला,नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष थिरेन्द्र सुब्बा,पूर्व सचिव घनेन्द्र सुब्बा,वडा सभापतिहरु भोगेन्द्रराज अधिकारी,मान बहादुर पुलामी,छत्र सुब्बा,मेघराज खतिवडा,ढकल सिंह लिम्बु,नविन श्रेष्ठ लगायतको नेताहरुको सहभागीता रहेको थियो ।

2Shares