आरम्भ चौतारी लघुवित्त शाखा कार्यालय मन्थली द्वारा ऋण मिनाहा गरी काज कृया खर्च हस्तान्तरण


२२,पुष,रामेछाप ।
आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड मन्थली शाखाले संस्थाबाट लिएको ऋण संस्थाकी एक महिला सदस्यको मृत्यु भए पश्चात ऋण रकम मिनाहा गरि किरिया खर्च समेत हस्तान्तरण गरेको छ ।

पौष १७ गते एक कार्यक्रमका विच संस्थाबाट लिएको ऋण रकम बापत रु १ लाख को दुई किस्ता पश्चात हुन आउने रकम मिनाहा गरी किरिया खर्चका लागी रकम हस्तान्तरण गरेको आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेड मन्थली शाखाका शाखा प्रमुख दिपक श्रेष्ठले जानकारी दिनु भएको छ ।
रामेछाप हिलेपानी केन्द्र नं १४ कि सदस्य सर्मिला कार्कीको निधन भए पश्चात उनले तिर्नु पर्ने किस्ता वापतको सम्पुर्ण रकम मिनाहा गरी किरिया खर्चका लागी रकम उनका श्रीमान राम कुमार कार्की लाई हस्तान्तरण गरीएको संस्था प्रमुख श्रेष्ठ ले बताउनु भएको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले देशका विभिन्न ग्रामिण क्षेत्रहरुमा वित्तिय सेवा प्रदान गर्दै आई रहेको छ । यस लघुवित्तले आफ्ना कुनै सदस्यको मृत्यु भएमा ऋण वापत लिएको रकम मिनाहा गर्ने तथा किरिया खर्च वापत रकम दिँदै आएको छ ।