धनकुटा हिलेमा गाइको बाछो गुफामा पसे पछि जलेस्वर महादेवको उत्पती

11Shares

पौष २८ धनकुटा ।
धनकुटा नगरपालिका वडा नम्बर १ हिलेमा रहेको गंगा जमुना जलेश्वर धाम(मन्दिर) यति बेला प्रचार प्रसारको अभाबमा ओझेलमा परेको छ । वि.स. २०७२ साल मंसिरमा स्थापना गरीएको मन्दिर हाल उचित संरक्षण र प्रचार प्रसार नहुदाँ ओझेलमा परेको हो ।हिले स्थित हरियाली र गौरीशंकर टोल बस्तीको संगममा रहेको उक्त मन्दिरमा विशेष गरी मकर(माघे) संक्रान्तीका दिनमा मकर नुहाउने प्रचलन रहिआएको छ । यसका साथै सोमबारका दिन पुजापाठ गर्ने र भकृतन गर्ने चलन पनि रहेको छ । यस मन्दिरमा दुई वटा धारा रहेका छन् । सोही धाराको नाम गंगा र जमुना रहेको हूदाँ यस मन्दिरको नाम गंगा जमुना जलेश्वर धाम राखिएको मन्दिर पहिचान कर्ता तथा मन्दिरका पुजारी धनबहादुर घिमिरेले जानकारी दिनू भयो । आफूले सपनामा बराहक्षेत्र मन्दिरमा पुग्दा सप्तकोशी नदिमा बस्नु भएका बाबाले यहाँ पौढेर आउ म तिमीलाईको तामाको कमन्डो दिन्छु र यहाँको पानी उगाएर गंगाजमुना महादेव मन्दिर दुधिलाको रुखमा छन त्यहाँ गएर उत्पती गर भनेको र दोस्रो दिन सपनामा यस ठाउँमा आफु आई पुगेको र यस ठाउँमा गाईको बाच्छो देखेको उक्त बाच्छोलाई समाउन खोज्दा ओढारमा पसेको र विपनामा समेत विभिन्न संकेत दिएको हँुदा आफ्ुले मन्दिर स्थनपना गरको उहाँले बताउनू भयो । यहाँ माटो मुनी भएका गंगा, जमुना, जलकाली, विष्णु भगवानको पाईला लगाएतका शिलाहरु जमिन मुनिबाट उत्खन्न गरि निकालिएका छन् । धनकुटा नगरपालिकाको आर्थिक सहयोग तथा २ नम्बर बाहिनी अड्डा हिलेको जनशक्ति सहयोगमा मन्दिर वरपर सिडी तथा पाटीपौवा बनाउने, सरसफाई गर्ने र धारा निमार्ण गर्ने कार्य सम्पन्न भईसकेको छ । मन्दिरको संरक्षणको लागि ११ सदस्य संञ्चालक समिति रहेको पनि जानकारी गराउनु भयो । नजिकको तिर्थ हेला भने झै विशेष गरि माघे संक्रान्तीका दिन मकर नुहाउन उचित मानिए पनि प्रचार प्रसारको लागि कसैको नजर नपुग्दा यस मन्दिर ओझेलमा पर्दै गएको हो ।

11Shares