राजतन्त्र पुनःस्थपना हुन सक्छ – गृहमन्त्री राम बहादुर थापा

3Shares

माघ ३ धनकुटा ।-नरेन्द्र कश्चित

संसद पुर्नस्थापना भएमा राजतन्त्र पुन:स्थापना हुन सक्ने गृहमन्त्री रामबहादुर थापाले आज धनकुटामा बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाले त्रिवेणी माविको प्राङ्गणमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुदै गुह मन्त्रि थापाले उक्त कुरा बताउनुभएको हो ।
राष्ट्रियताको आन्दोलनमा एक भएर लड्नुपर्ने बेलामा प्रचण्ड र माधव नेपालको अपवित्र गठबन्धनले हालको अवस्था सिर्जना भएको समेत गृहमन्त्री थापाले आरोप लगाउनुभयो ।
राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताका लागि निर्वाचनको विकल्प नरहेको समेत गृहमन्त्री थापाले बताउनु भयो ।जनताको बिचमा संघीय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद पुर्नस्थापनाको नारा लिएर हिड्नेहरु पश्चगामी भएको आरोप समेत थापाले लगाउनुभयो । प्रधानमन्त्रिले राजनितिक कु गर्ने षड्यन्त्र भएको थाहा भएपछि संसद विघटन गर्नु परेको समेत गृह मन्त्रि थापाले स्पष्ट पार्नुभयो । प्रतिगमन शक्तिले आफ्नो गुमेको शक्तिलाई पुस्थापना गर्न लागि रहेको उल्लेख गर्दै नेकपाको नेतृत्वले त्यसको पर्दाफास गर्दै जनआन्दोलनको उपलब्धीलाई रक्षा गर्न लाग्नु पर्ने बताउनुभयो । सभामा केन्द्रिय सदस्यहरु राजेन्द्र गौतम,गोपाल गुरागाँई,देवराज घिमिरे लागयतकाले समेत सम्बोधन गरेका थिए । नेकपा धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख तथा नेकपाका नेता चिन्तन तामाङ्गले स्वागत मन्तब्य गर्नुभएको थियो । सभामा बहुमुखी पाठशालाका कलाकारहरुले साँस्कृतिक प्रस्तुती गरेका थिए । गृह मन्त्रि थापाले सम्बोधन गर्ने कार्यक्रममा गाँउगाँउबाट नेकपाका नेता कार्यकर्ताको उपस्थिती थियो ।

3Shares