धनकुटामा निर्वाचनका लागी मतदान केन्द्रहरु पुनरावलोकन गर्ने।

8Shares

धनकुटा ९ माघ,
धनकुटा जिल्लामा निर्वाचनका लागी विभिन्न पालिकाहरुको वडाहरुमा मतदातहरुलाई सुविधाका लागी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्ने निर्णय आज धनकुटामा भएको सर्वपक्षिय बैठकले निर्णय गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाको आयोजनामा धनकुटाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतमा भएको मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम अन्र्तगत भएको सर्वपक्षिय कार्यक्रममा मतदाताहरुलाई अत्यधिक सुविधा दिनका लागी धनकुटामा मतदान केन्द्रहरुको पुनरावलोकन गरिएको हो ।
धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका,धनकुटा नगरपालिका,चौविसे गाउपालिकाका केही वडाहरुको मतदान केन्द्रहरु पुनरावोलन गरी थप गर्ने निर्णय उक्त सर्वपक्षिय बैठकले गरेको छ ।
उक्त सर्वपक्षिय कार्यक्रममा नेकपा धनकुटाका सचिवालय सदस्यहरु पूर्व सांसद दुर्गा लिंखा,नरेन्द्र पोखरेल,नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई,राप्रपाका टिका प्रसाद घिमिरे,धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग,महालक्ष्मी नगरपालिकाका उप प्रमुख मञ्जु अधिकारी कार्की,पाख्रिवास नगरपालिकाका उपप्रमुख,देव कला तिम्सिना,सहिदभूमी गाउपालिका अध्यक्ष मनोज राई,छथरजोरपाटी गाउपालिकाका अध्यक्ष शेर वहादुर लिम्बु,चौविसे गाउपालिकाका अध्यक्ष खजिन्द्र राई,सागुरीगढी गाउपालिकाका उपाध्यक्ष बिन्द्र राईले मतदाताहरुलाई पायक तथा सुविधा पर्ने स्थलहरुमा मतदान केन्द्र राख्नु पर्नेमा जोड दिनु भएको थियो ।
भने कार्यक्रममा धनकुटा जिल्लाका निर्वाचन अधिकारी सफल पोर्तेल, सुरज श्रेष्ठ लगायतले निर्वाचन कार्यालयको तयारीको सम्वन्धमा प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी गोविन्द्र अधिकारी,जिल्ला समन्य समितिका समन्य अधिकारी राम नारायण श्रेष्ठ,राष्टिय अनुसन्धान धनकुटका प्रमुख तुलसी कटेल,सशस्त्र प्रहरी वल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका प्रहरी निरिक्षक विश्वनाथ पोखरेल,जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकिय अधिकृत जयराम श्रेष्ठ,नायक सुब्बा रत्न दर्लामी लगायत समेत महत्वपूर्ण सुझाव दिनु भएको थियो ।

8Shares