धनकुटा निर्बाचन आयोगले मतदाता नामवली अध्यावधी गर्ने।


माघ १२ धनकुटा ।
धनकुटामा यही माघ १५ गते देखि मतदाता नामावली अद्यावधिक गरिने भएको छ । जिल्ला निर्वाचन कार्यलय धनकुटाले आज एक कार्यक्रमको आयोजना गरि मतदाता नामावली अद्यावधिक दावी विरोध संचालन हुने कार्यक्रम सार्वजनिक हो । कार्यलयले माघ १५ गते देखि फागुन २ गते सम्म गर्ने मतदाता नामावलीमा त्रुटि भए सच्याउने , दोहारो परेको नामावली हटाउँने सहितका १७ वटा कृयाकलाप सार्वजनिक गरेको हो । कार्यक्रमा बोल्दै जिल्ला समन्वय समितीका संयोजक टंक चौहान निर्वाचनको तयारीमा लाग्न र सबैले मतदान गर्न पाउने बतावरण बनाउन आग्रह गर्नु भएको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालले निर्वाचनको मिति घोषण भई सकेकोले यस लाई सबै मिलेर सफल बनाउन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला निर्वाचन कार्यलयका प्रमुख सफल र्पोतेल, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, जिल्ला समन्वय समितीका संयोजक टंक चौहान, नेकपा धनकुटाका नेता नरेन्द्र पोख्रेल, नेपाली कांग्रेस धनकुटाका सचिव बिजय सन्तोषी राई, राप्रपाका टिकाप्रसाद घिमिरे, धनकुटाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, पत्रकार, सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधी, लगायतको उपस्थिीती थियो ।