धनकुटाका सहिदहरुलाई घोर अपमान गरिदै

14Shares

धनकुटा १३ माघ ।
धनकुटाका सहिदहरुको सपना अधुरो रहेको र राज्यले अहिले सम्म धनकुटाका सहिद र सहिदका परिवारहरुलाई सम्मान नगरी अपमान गरेको सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाले धनकुटाको सहिद भीम नारायण चौकमा सहिद दिवसको अवसमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा सहिद परिवार र सरोकारवालाहरुले वताएका छन ।


सो अवसरमा संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य सांसद लिला सुब्बा,नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुगाना,नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राइ,रविन्द्र नेपाली,सहसचिव सिता श्रेष्ठ,जिल्ला सदस्य रोशेष श्रेष्ठ,विष्णु पौडेल,खेम पौडेल,निर्मल ओझा,नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सभापति रोशन श्रेष्ठ,नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना,नेपाल महिला संघकी पूर्व केन्द्रिय सदस्य टिका भण्डारी,नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्विका धमला ,नेपाल तरुण दल धनकुटाका क्षेत्रिय अध्यक्ष तिलक महत लगायतले सहिद भीम नाराायण श्रेष्ठको सालिकमा माल्यपर्ण गर्दै श्रद्धाञ्जली व्यक्त गर्दै सहिदको सपना साकार पार्न सवै लाग्नु पर्ने वताउनु भयो । उहाहरुले राज्यबाट धनकुटाका सहिदहरु र सहिदका परिवारहरुलाई अहिले सम्म उचित सम्मान नगरी अपमान गरिरहेको वताउनु भयो ।
सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा सहिद भीम नारायाण श्रेष्ठका छोरा मनोज नारायण श्रेष्ठ,धनकुटा नगरपालिका वडा नं. ५ का अध्यक्ष धन कुमार राई,वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,सदस्य मिलन खड्गी ,नेपाली कांग्रेसका क्षेत्रिय कोषाध्यक्ष निरुपा राई,नेपाल विद्यार्थी संघ धनकुटाका अध्यक्ष बालानन्द दाहाल,उपाध्यक्ष विर्मशमान अमात्य,सचिव सरोज धमला,धनकुटा वहुमुखी क्याम्पस सभापति करुणा कटुवाल लगायत सहिद परिवारहरुले जनताका र राष्टका लागी ज्यान आहुती दिनु भएका धनकुटाका सहिदहरुको सपना अहिले पनि अधुरोनै रहेको वताउदै सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
प्रजातान्त्रीक तथा लोकतान्त्रिक आन्दोलनको क्रममा धनकुटा जिल्लाबाट साहदत प्राप्त गर्नु हुने २७ जनालाई २०७४ साल माघमा तत्कालिन प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाको पालमा तत्कालिन मन्त्री नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल थापाको र नेपाली कांग्रेस धनकुटाको पहलमा मन्त्रिपरिदको निर्णयबाट सहिद घोषणा गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

14Shares