गित गाउन छाडेर तरवार बोक्नु नपरोस – राजेश पायल राई

3Shares

माघ  १४/ “राई इज किङ्ग” राजेश पायल राईले आफ्नो फेसबुक स्टाटस मार्फत खोटाङको तुवाचुङमा रहेको किरात सभ्यताको प्राचीन पू्र्खाहरु तयामा खियामा र हेत्छाकुप्पा / रैछाकुलेको प्रतिमा तोडफोडको विरुद्ध कडा विरोध गरेका छन ।
आफ्नो पराम्पारिक स्तम्भहरु यसरी तोडफोड गरेकोमा कडा बिरोध जनाएको साथै आफू किराँत भएको नाताले आफ्नो पुर्खाको ईतिहास जोगाउन तरवार नै चलाउनु परे पनि पछि नहट्ने आसय ब्याक्त गरेका हुन।

मेघा स्टार राजेशले आफ्नो फेशबुकमा लेखेको जस्ताको त्यस्तै हेर्नुहोस।

“मलाई त लाग्थ्यो हाम्रो श्रीष्टिकर्ता तोयामा खियामा र रैछकुले (हेचाकुप्पा) को बरदानले हामी यहाँ छौ र सस्कारी बनेका छौ तर यो उपद्रो कल्ले गर्‍यो ? खोज किराती केटो हो नत्र म गित गाउन छोडेर खुडो बोक्न नपरोस ..त्यो दिन सन्सार अध्यारो होला !! भयन्कर निन्दनिय छ !”


 

3Shares