धनकुटा नगरपालिका निर्वाचनका लागी मतदाता अद्यावाधिक गरिने।

10Shares

धनकुटा १४ माघ,
निर्वाचनका लागी धनकुटा नगरपालिकामा मतदाता अद्यावाधिक गर्ने वारे आज कार्यक्रम सार्वजानिक गर्दै छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भयो ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको मतदाता अद्यावाधिक विषयक अन्र्तक्रिा तथा छलफल कार्यक्रममा सहायक नाम दर्ता अधिकारी उपेन्द्र खनालले मतदाता अद्यावाधिक गर्ने विषयमा सहजीकरण गर्नु भएको थियो ।
उक्त सर्वपक्षिय कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत राम वहादुर थापा, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सनतोषी राई,गैसस महासंघ धनकुटाका अध्यक्ष मिन प्रसाद सुवेदी,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई ,नेकपा धनकुटाका नगरका अध्यक्ष अर्जुन छाराहाङ्ग,नेपाली कांग्रेस धनकुटाका नगरका उपसभापति मिलन खड्गी ,सशस्त्र प्रहरी वल ६ नम्वर गुल्म छिन्ताङ्ग धनकुटाका प्रहरी निरिक्षक विश्वनाथ पोखरेल ,धनकुटा नगरपालिका वडा नं. १का वडाध्यक्ष निरेन तामाङ्ग,वडा नं. ४ का वडाध्यक्ष जमशेर छारा,वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नं ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,वडा नं. ७ का वडाध्यक्ष जंग वहादुर राई लगायतका वडाध्यक्षहरु र वडा सचिवहरुले समेत निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष गराउन सवैले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाले सहायक नाम दर्ता अधिकारीको कार्यालय धनकुटा नगरपालिकामा स्थापना गरी धनकुटा नगरपालिकाका लागी माघ १५ गते देखी फाल्गुण २ गते सम्म मतदाता नामावाल प्रकाशन देखी दावी विरोध,नाम तथा ठेगानामा तुष्टी भए सच्याई अद्यावाधिक गर्नका लागी कार्यक्रम सार्वजानिक गरेको धनकुटा नगरपालिकाका लागी सहायक नाम दर्ता अधिकारी उपेन्द्र खनालले वताउनु भयो ।

10Shares