पत्रकार कल्याणकोषको लागि रु १ देखी १० लाख अभियान ।

2Shares

धनकुटा १५ माघ ।-नरेन्द्र कश्चित
धनकुटाको पत्रकारहरुले रु एक देखी दश लाख अभियान संचालन गरी पत्रकार कल्याण कोष धनकुटामा रकम जम्मा गर्ने आज निर्णय गरेका छन ।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको बैठकले धनकुटाका पत्रकारहरुलाई विरामी पर्दा वा आपत विपत र जोखिमा परेको समयमा सहयोग गर्ने उदेश्यले स्थापना गरिएको धनकुटा पत्रकार कल्याण कोषमा रु एक देखी दश लाख रुपैया पाच बर्ष भित्र जम्मा गर्ने निर्णय गरको सचिव विदुर खवासले वताउनु भयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,सल्लाहकार भेषराज कटेल लगायतले पत्रकारहरु समाजका लागी काम गरिरहेकोले पत्रकार कल्याण कोषमा रकम जम्मा गरी पत्रकारहरुलाई सहयोग गर्ने अभियानमा सवैले सहयोग गर्न आग्रह गर्नु भयो ।
यसैगरी नेपाल पत्रकार महासंघ धनकुटका उपाध्यक्ष नगेन्द्र राई,सचिव विदुर खवास,सहसचि द्धय हरी वहादुर लम्जेल,बलाराम दाहाल,कोषाध्यक्ष नारयाण कुमार राई,कार्यकारी सदस्यहरु विकास घिमिरे, दिल वहादुर आषिस राई,सर्मिला राई माया राउत,कविराज घिमिरे लगायतले पत्रकार कल्याण कोषमा सहयोग गर्न सवैलाई आग्रह गर्नु भयो ।
नेपाल पत्रकार महासंघ धनकुटाको उक्र बैठकले पत्रकार कल्याण कोषको नियामवली पास गरेको र शाखाको साधारण सभा आगामी माघ २० गते गर्ने पत्रकारहरुलाई विभिन्न पुररस्कारहरु प्रदान गर्ने र भवन निर्माणमा महत्वपूर्ण सहयोग गर्नु हुनुहरुलाई सम्मान गर्ने निर्णय गरेको सचिव विदुर खवासले वताउनु भयो ।

2Shares