धनकुटामा दिप प्रज्वलित गरी सहिद मनाईयो।

71Shares

धनकुटा १७ माघ,
धनकुटामा सहिदहरुको सम्मान धनकुटा उद्योग बाणिज्य संघले हिजो साँझ सहिद दिवसको अवसरमा दिप प्रज्वलित गरेको छ ।
धनकुटाको सहिद भीम नारायण श्रेष्ठ चौकमा हिजो साँझ धनकुटा उद्योग बाणिज्य संघले सहिदहरुको सम्मानमा दिप प्रज्वलित गरी श्रद्धाञ्जली व्यक्त गर्दै सहिदको सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यककारी सदस्यहरु रेवती प्रसाद अधिकारी,अम्विका धमला, उज्वल कर्मार्चाय,शोभा श्रेष्ठ,सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष परेन्द्रलाल श्रेष्ठ,व्यवसायीहरु गंगा श्रेष्ठ,सकुन्तला सुवेदी,कृष्ण श्रेष्ठ,धिरेन्द्रलाल श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघ कार्यालयका मुकेश राई,नवराज श्रेष्ठ सहिद प्रति सम्मान गर्दै दिप प्रज्वलित गर्नु भएको थियो ।

71Shares