मेयर कप फुटबलमा पाख्रीबास नपा ८ र ९ फाइनलमा प्रबेश

28Shares

माघ १८ धनकुटा ।
धनकुटाको पाख्रीवास नगरपालिका ७ जलदेवी खेल मैदानमा जारी वडा स्तरिय पाख्रीवास मेयरकप फुटवल प्रतियोगिताको फाइनलमा वडा नं ८ र ९ प्रवेश गरेका छन् । प्रतियोगिता अन्र्तगत आज भएको सेमिफाईनल खेलमा वडा नं २ सँग भिडेको वडा नं ८ ले ट्राईव्रेकरको समयमा १ को विरुद्ध २ गोल लगाउदै वडा नं ८ ले फाईनलमा स्थान सूरक्षित गरेको हो । त्यस्तैगरी वडा नं ६ सँग भीडेको वडा नं ९ ले ० को विरुद्ध ४ गोल लगाउदै फाईनलको यात्रा तय गरेको प्रतियोगिता संयोजक तथा ८ नं वडाध्यक्ष सिताराम राईले जानकारी दिनुभयो । आज खेलमा वडा नं ८ का गोल किपर आयुष राई र वडा नं ९ का जर्सी नं १४ का खेलाडी अरुण घिसिङ्ग म्यान अप दि म्याच घोषित भएका छन् । नकआउट चरणमा भईरहेको मेयरकप फुटवल प्रतियोगिताको विजयी प्रथम समूहले नगद १ लाख ५१ हजार र दोश्रो हुने समूहले नगद ७५ हजार ५ सय सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने पाख्रीवास नगरपालिकाले जनाएको छ । फाईनल खेल भोलि मध्यान्न १२ वजेदेखी हुने छ ।

28Shares