महिला लाई आत्ममनिभर बनाउने धनकुटामा सिपमुलक तालिम।

16Shares

धनकुटा १८ माघ ,सिप सिकाई महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले नेपाल महिला संघ धनकुटा नगरपालिका वडा नं. ६ वडा समितिले संचालन गरेको डोरम्याट बनाउने सिपमुलक तालिम आज सम्पन्न भएको छ ।
उक्त तालिमको समापन कार्यक्रममा प्रदेश सभा सदस्य सांसद तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाले महिलाहरुलाई आत्म निर्भर बनाउन सिप आवाश्यक भएको वताउनु भयो ।
नेपाल महिला संघ धनकुटा नगरपालिका वडा नं. ६ का वडा कार्य समितिका अध्यक्ष कुसुम जोशी श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ लगायतले सिप बिनाको मानिस अधुरो र अपुरो हुने भएकाले सिपले मानिसलाई समृद्धी बनाउने वताउनु भयो ।
धनकुटा नगरपालिका वडा नं. ६ का विभिन्न टोल वस्तीहरुका गरी ४० जना महिलाहरुले भाग लिएको उक्त शिपमुलक तालिममा प्रशिक्षकहरु कुसुम जोशी श्रेष्ठ,बिनिता श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो ।भने कार्यक्रमको संचालन र सहजीकरण सचिव सुजता श्रेष्ठले गर्नु भएको थियो ।
नेपाली कांग्रेस जेष्ठ नागरिक सभाका सदस्य भोलनाथ घिमिरे,नेपाली कांग्रेस धनकुटका मनोनित सचिव रविन्द्र नेपाली,नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला,नगर कार्य समितिका अध्यक्ष निरुपा राई,नेपाल शिक्षक संघ धनकुटाका पूर्व अध्यक्ष महानन्द पोखरेले,नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका उपसभापति मिलन नेवा खड्गी,निर्वाचित वाडा सदस्य हिरा देवी राई,नेपाली कांग्रेस धनकुटका पूर्व जिल्ला सदस्य दिनेश भण्डारी,नेपाल विद्यार्थी संघ धनकुटका उपाध्यक्ष विमर्शमान अमात्य,धनकुटा वहुमुखी क्याम्पस समितिका अध्यक्ष करुणा कटुवाल लगायतले समेत शुभ कामना दिनु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य वडा कार्य समितिका सहसचिव बिनिता श्रेष्ठले व्यक्त गर्नु भएको थियो ।

16Shares