धनकुटा हात्तिखर्ककी क्यान्सर पिडित लिम्बुलाई आर्थिक सहयोग हस्तान्तरण।

65Shares

माघ २१ धनकुटा ।-नरेन्द्र कश्चित

धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका वडा नं १ हात्तिखर्ककी ब्लड क्यान्सर साँक्षी लिम्बूलाई विदेशबाट आर्थिक संकलन गरि आज धनकुटामा हस्तान्तरण गरिएको छ ।
धनकुटा सहिदभूमि गाउँपालिका–७ घर भइ हाल जापानमा रहेका मिलन छिलिङीको अगुवाईमा ३ लाख १४ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिएको हो ।
सहिदभूमि वडा नं ७ को सिद्धदेबी मा.बि.ले धनकुटामा एक कार्यक्रमको आयोजना गरेर संकलित रकम लिम्बूकी बुवा गणेश लिम्बूलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कमल बहादुर राई,प्रधानाध्यापक रत्न राई र शिक्षा विकास तथा समन्वय इकाई धनकुटाकी प्रमुख मोहन राईद्वारा हस्तान्तरण गरिएक थियो ।
गत फागुन ९ गतेदेखि काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचाररत रहेकी लिम्बुको २४ पटक उपचार गर्नुपर्नेमा ४ पटक सकिएको बुवा गणेशले जानकारी दिनुभयो ।
पहिलेको अवस्था भन्दा छोरीको स्वास्थ्यमा धेरै सुधार आएको सहयोग गर्ने सबैलाई गणेशले कृतज्ञता ज्ञापन गर्नुभयो ।
रकम संकलन गर्ने छिलिङ सिद्धदेवी माविका पूर्व शिक्षक समेत रहेकाले सोहि विद्यालयको आयोजनामा रकम हस्तान्तरण गरिएको कार्यक्रम समन्वयनकर्ता ईश्वरी सुवेदीले जानकारी दिनुभयो ।
छोरीको उपचारका लागि १५ देखि २० लाख सम्म खर्च लाग्ने क्यान्सर पिडित वालिकाको वुबा लिम्बूले बताउनु भयो ।

65Shares