प्रदेश सन्चार प्रतिष्ठान को सदस्यमा पत्रकार महासंघ धनकुटा अध्यक्ष राजेस्वर बहादुर श्रेष्ठ


माघ २२ धनकुटा ।-नरेन्द्र कश्चित

नेपाल प्रेस यूनियन धनकुटा शाखाले प्रदेश संचार प्रतिष्ठानको सदस्य पदमा मनोनीत हुनु भएकोमा पत्रकार महासंघ धनकुटाका अध्यक्ष एवम नेपाल प्रेस यूनियनका केन्दिय पार्षद राजेश्वर बहादुर श्रेष्ठलाई धनकुटामा आज बधाई तथा सम्मान प्रदान गरेको छ ।

नेपाली कांग्रेसका सह-महामन्त्री सुनिल बहादुर थापाको प्रमुख आतिथ्यतामा श्रेष्ठ लाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै प्रादेशिक संचार प्रतिष्ठानका सदस्य तथा नेपाल पत्रकार महसंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले आफु सधै प्रेस स्वतन्त्रताको पक्षमा रही सबैको सरसल्लाह अनुरुप अगाडी बढ्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सह-महामन्त्री सुनिल बहादुर थापाले कम्युनिष्ट सरकारको अंसैवैधानिक कदमको विरोध पत्रकारहरुबाट पनि हुन आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ्ग,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, राष्ट्रीय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेल ,नेपाली कांग्रेसका गरिखान देऊ अभियानका सिइओ राजु नेपाल, नेपाल प्रेस यूनियन केन्द्रीय उपाध्यक्ष विजयसन्तोषी राई लगायतका संचारकर्मी,नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । नेपाल प्रेस यूनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेपाल प्रेस यूनियन धनकुटा शाखा उपाध्यक्ष नरेन्द्र कश्चितले गर्नु भएको थियो ।कार्यक्रमको संचालन नेपाल प्रेस यूनियन धनकुटा शाखा सचिव विकास घिमिरेले गर्नु भएको थियो ।