धनकुटामा नेपाली कांग्रेसको प्रशिक्षक प्रशिक्षण सम्पन्न।


माघ २२ धनकुटा ।-नरेन्द्र कश्चित

नेपाली कांग्रेस धनकुटाको समन्वयमा नेपाली कांग्रेस निति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान धनकुटा शाखाको आयोजनामा आज धनकुटामा एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सह-महामन्त्री सुनिल वहादुर थापाले गर्नुहुदै नेपाली कांग्रेस सुदृढ र सशक्त बनाउन प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने वताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ्ग,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापति अग्नी पौडेल,प्रदेश सभा सांसद लिला सुब्बा लगायतले अव नेपाली कांग्रेसले टोल टोलबाट संगठन सुदृढीकरण गर्ने वताउनु भयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्द्र पोख्रेल,नेपाली कांग्रेस गरीखान देउका सिइओ राजु नेपाल,नेपाली कांग्रेस निति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य रामजी कोङरेन, लगायतले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो ।
नेपाली कांग्रेस निति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका धनकुटा संयोजक नविन किशोर शाक्यको अध्यक्षतामा सम्पन्न भएको पकार्यक्रममा स्वागत मन्तव्य सह संयोजक निर्मल ओझाले गर्नु भएको थियो , भने कार्यक्रमको संचालन प्रतिष्ठान सचिव रमेश इवाहाङ्गले गर्नु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अग्नी प्रसाद पौडेल,नेपाली कांग्रेस आदिवासी जनजाती विभागका केन्द्रिय सदस्य आनन्द सन्तोषी राई,सचिवहरु विजय सन्तोषी राई,रविन्द्र नेपाली,सह सचिव सिता श्रेष्ठ, कोषाध्यक्ष दिनेश राई लगायत जिल्ला सदस्यहरु क्षेत्रिय समितिका पदाधिकारी पालिका समितिका पदाधिकारहिरु वडा सभापतिहरुको गरि ३ सय ३० जनाको सहभागीता रहेको नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले बताउनु भयो ।