हिले क्याम्पस प्रदेश १ को उच्चस्तरीय शैक्षिक केन्द्र हुने।

15Shares

माघ २४ धनकुटा ।
हिले क्याम्पस धनकुटा १ हिलेले प्लस २ पास गरेको विद्यार्थीहरु सँग अन्तरक्रिया गरेको छ । क्याम्पसले विद्यार्थीहरु सँग वाणिज्य सङ्काय तर्फको ४ वर्षे स्नातक तह बि बि एस कार्यक्रम अन्तर्गत प्रथम वर्षको भर्ना सम्बन्धि अन्तरक्रिया गरेको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष भुपेन्द्र कटुवालको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा प्रमुख अतिथि धनकुटा नगरपालिका १ का वडाध्यक्ष निरेन तामाङ्ले प्लस २ पास गरेको विद्यार्थीहरुलाई वधाई दिदै सवै विद्यार्थीहरुलाई हिले क्याम्पसमै अध्ययन गर्न अनुरोध गर्नु भएको छ । भौतिक रुपमा क्याम्पसलाई सुविधा सम्पन्न वनाएको जानकारी दिनुभयो । अर्को वर्षदेखी क्याम्पसलाई न्यूरोड स्थितको भौतिक रुपमा सुविधा सम्पन्न आधुनिक भवनमा स्थानान्तरण गरिने र मास्टर डिग्री पनि छिट्टै ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यो क्याम्पसलाई प्रदेश १ को पहाडी जिल्लाकै शैक्षिक गन्तव्यको केन्द्रको रुपमा विकास गर्ने योजना रहेको उहाँले वताउनुभयो । अन्तरक्रियाको औचित्य तथा भावि योजनाको वारेमा क्याम्पस प्रमुख तारानाथ मिश्रले प्रकाश पार्नुभएको थियो । जसअनुसर क्पापसमा मल्टिमिडिया पद्धतिबाट अध्ययन अध्यापन गरिने,त्रिविविको नियम अनुसार छात्रावृती वितरण गरिने, यो क्याम्पसलाई वहुमुखी क्याम्पस वनाउने लगायतका योजना रहेको जानकारी गराउनुभयो । अन्तरक्रियामा स्वागत मन्तव्य प्राध्यापक योगश भण्डारीले राख्नुभएको थियो भने प्राध्यापकहरुको तर्फबाट प्राध्यापक मुकुन्द शर्माले मन्तव्य राख्नुभएको थियो । अन्तरक्रियामा क्याम्पस सञ्चालक समितिका सदस्यहरु वुद्ध तितुङ्, खड्ग थापा लगायतको उपस्थिती थियो । सञ्चालन प्राध्यापक रमेश खत्री पराजुलीले गर्नुभएको थियो ।

15Shares