मेलमिलाप कार्यक्रमले समाजमा सुदृढीकरण ल्याउदै।


धनकुटा २५,माघ ।
मेलमिलापमा छथर जोरपाटी गाउँपालिका धनकुटाका नागरिकहरु अगाडी रहेको पालिकाको तथ्यांकले देखाएको छ ।

पालिकाको ४ बर्ष यता न्यायीक समितिबाट सेवा लिनेको संख्यामा बृद्धि भए संगै मेलमिलाप गर्नेको संख्यामा उल्लेखनिय प्रगति देखिएको हो ।

जनप्रतिधिनिहरु निवार्चित भएको बर्ष आर्थिक बर्ष ०७४/०७५ मा ११ वटा उजुरी परेकोमा ९ वटा उजुरीकर्ताहरुले मेलमिलाप गरेका थिए ।

उक्त संख्या बढेर ०७५/०७६ मा ३९ वटा उजुरी परेकोमा ३० वटा र आ.ब.०७६/०७७ मा ४८ वटा उजुरी परेकोमा ३५ वटा मुद्धाहरु मिलापत्र भएका थिए ।

चालु आ.ब.को हाल सम्म परेको ६ वटा मुद्धामा ४ वटा मिलापमा भईसकेका छन् ।

बर्षौ देखि बिभिन्न कारणबाट न्याय नपाएका र अदालत तथा न्यायलय जान नसकेकाहरु न्यायीक समितिमा आकर्षित भएको पालिका उपाध्यक्ष तथा समितिका प्रमुख भीमकला श्रेष्ठले बताउनु भयो ।

‘सरल र सहज वातावरणमा दुबै पक्षको जीत हुनेगरी उनीहरुकै छलफलको आधारमा सेवा प्रदान गरिने भएकाले संख्यामा बृद्धि हुनका साथै मेलमिलाप गराउन सहज भएको हो’–श्रेष्ठले वताउनुभयो ।

हाल सम्म १०४ वटा उजुरी परेको पालिकाले ७६ ओटा मेलमिलाप गराएको छ । जसमा १२ वटा महिला हिंसा,२३ वटा लेनदेन,२२ वटा जग्गा बिवाद र अन्य ४५ वटा मुद्धा फर्छ्यौट गरिएको छ ।