२ करोड ६७ लाखमा शहिदभुमी गा.पा. ले नया भवन निर्माण गर्दै

11Shares

धनकुटा
धनकुटाको सहिदभुमी गाँउपालिकाको नयाँ भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष २०७७/०७८ को २ करोड ६७ लाख बजेट बाट निमार्ण भईरहेको गाँउपालिकाको कार्यलय भवन निर्माण कार्य सम्पन्न हुन लागेको उपाध्यक्ष रत्नश्वरी राइले बताउनु भयो । भ्याट बाहेक को २ करोड ६७ लाख रकम बाट निर्माण भईरहेको अढै तले भवन आगामी असार मसान्त सम्ममा सञ्चालनमा ल्याउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिनु भयो । अब भवनमा प्लाष्टर तथा रंङरोगन गर्ने काम बाँकी रहेको गाँउपालिकाले जनाएको छ ।

11Shares