४२ औं सहिद भीम नारायण स्मृती दिवस धनकुटाका सहिद भीम नारायण श्रेष्ठ प्रति सम्मान।


धनकुटा २६ माघ , तत्कालिन पञ्चायती सरकारबाट मत्यु दण्ड पाएका धनकुटाका तन्नेरी सहिद भीम नारायण श्रेष्ठको ४२ औं स्मृती दिवसको अवसरमा आज सहिद भीम नारायण चोकमा आज श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी उहा प्रति सम्मान गरिएको छ ।

उक्त श्रद्धाञ्जली कार्यक्रममा सहीद भीम नारायण श्रेष्ठका जेष्ठ सुपुत्र मनोज नारायण श्रेष्ठ, नेपाली कांग्रेस धनकुटका उपसभापति नविन किशोर शाक्य,नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,रविन्द्र नेपाली,कोषाध्यक्ष दिनेश राई,सहिद भिम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,सचिव रोशन श्रेष्ठ,नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष अम्विका धमला,नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष थिरेन्द्र सुब्बा ,नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले सहिद भीम नारायण श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाको योगदानको चर्चा गर्नु भएको थियो ।
सहिद भीम नाराण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष परेन्द्रलाल श्रेष्को अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा धनकुटा नगरपालिका वडा न.. ५ का वडाध्यक्ष धन कुमार राई,वडा नंं ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्यहरु विष्णु पौडेल,अम्विका परियार,क्षेत्रिय कोषाध्यक्ष निरुपा राई,पूर्व जिल्ला सहसचिव राजन पौडेल, वडा उपसभापति गोविन्द्र राई,महिला संघकी वडा सभापति कुसुम जोशी श्रेष्ठ,पूर्व वडा सभापति कृष्ण श्रेष्ठ,सदस्यहरु धिरेन्द्र श्रेष्ठ,किरण प्रधान,बिनिता श्रेष्ठ,गंगा श्रेष्ठ लगायतले सहिद भीम नारायण श्रेष्ठको शालिकमा मात्लयपर्ण गरी श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । भने कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव रोशन श्रेष्ठले गर्नु भएको थियो ।
धनकुटा वडा नं. ६ निवासी नेपाली कांग्रेस धनकुटाका नेता भीम नारायण श्रेष्ठलाई विराटनगरमा २०३० साल चैत्र ३ गते भएको बम काण्डममा नेतृत्व गरेकोमा पाच बर्ष सम्मको कठोर जेल सजाय पछी २०३५ साल माघ २६ गते कोशी टोप्पुमा लगेर तत्कालिन पञ्चायती सरकारले गोली हानी मृत्यु दण्ड दिएको र २०७४ साल माघ ४ गते नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा प्रधान मन्त्री रहनु भएको सरकारले भीम नारायण श्रेष्ठलाई राष्टिय सहिद घोषणा गरेको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।