धनकुटामा अपाङ्गता परिचयपत्र बितरण शिबिर शुरु।

6Shares

माघ २७ धनकुटा ।
अपाङ्गता व्यक्तिहरुलाई लक्षित गर्दै आजदेखी धनकुटा नगरपालिकामा स्वास्थ्य परीक्षण तथा परिचय पत्र वितरण शिविर शूरु भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश एक, करुणा फाउण्डेसन र धनकुटा नगरपालिकाको संयुक्त सहकार्यमा नगरको २ नं वडा कार्यलयबाट शिविर सञ्चालन शूरु गरिएको हो । शिविरमा २ नं वडाका ३५ जनाले सेवा लिएका छन् । जसमध्ये ६ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ । ती मध्ये ३ जनालाई ख वर्गको र ३ जनाालाई ग वर्गको परिचय पत्र वितरण गगरिएकको प्रमुख प्रसाशकिय अधिकृत रामबहादुर थापाले जानकारी दिनु भयो । भोली वडा नं १ हिले माद्यमिक विविद्यालयमा, २९ गते वडा नं १० को वडाकार्यल, ३० गते वडा नं ३ को वडा दकार्यलय,फागुन १ गते वडा नं ४ दानाबारी सामुदायिक वन, २ गते वडा नं ५ को माथिल्लो कोप्चेमा शिविर सञ्चालन हुने छ । फागुन ३ गते वडा नं ६ को कार्यलय, ४ गते ९ नं वडाको बेलाहारा स्वास्थ्य चौकी ,५ गते ८ नं वडाको शहरी स्वास्थ्य क्लिनिङ् र ६ गते वडा नं ७ को त्रिवेणी माविमा शिविर सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो । नगरभिभत्रका सबै प्रकारका अपाङ्गता व्यक्तिहरुको नाक,कान,घाटी,जेनेरल फिजियोथेरापी र फिजियोथेरापिष्ट सहितका विशेषज्ञहरुद्धारा प्रारम्भिक स्वास्थ्य जाँच गर्ने र आवश्यकता अनुसार अपाङ्गता परिचयपत्र वितरण तथा नविकरण गर्ने उदेश्यका साथ शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

6Shares