मूल्य तथ्याङ्ग सम्वन्धि धनकुटामा अन्र्तक्रिया।


धनकुटा १ फाल्गुण, आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य तथ्याङ्गले महत्वपूर्ण भूमिका निर्वाह गरेको धनकुटामा आज सम्पन्न मूल्य तथ्याङ्ग सम्वन्धि नेपाल राष्ट्र बैक आर्थिक अनुसन्धान बिभाग मूल्य महाशाखाको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले वताएका छन ।
उक्त अन्र्तक्रिया कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले राष्ट्र बैकले संकलन गरेर प्रस्तुत गर्ने मूल्य तथ्याङ्कनै सरकारका लागी आर्थिक क्षेत्रका लागी मुख्य आधार हुने वताउदै मूल्य संकलन सम्वन्धि अवधारणा प्रस्तुत गर्नु भएको थियो भने नेपाल राष्ट्र बैक मूल्य महाशाखाका उप निर्देशक गिरिजा प्रसाद कोईरालाले मूल्य तथ्याङ्क सम्वन्धी कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।
नेपाल राष्ट्र बैक आर्थिक अनुसन्धान बिभाग मूल्य महाशाखाका निर्देशक आर्या जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्र्तक्रिया कार्यक्रममा त्रिवेणी माविका प्रधानाध्यापक दिपक पोखरेल,शिक्षक राम श्रेष्ठ,जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राई,धनकुटा उद्योग बाणिज्य संघका सदस्यहरु अम्बिका धमला,शोभा श्रेष्ठ,फर्निचर व्यावसायी संघका सचिव रिद्ध थापा,पस्तक तथा स्टेशनरी व्यावसायी संघ धनकुटा अध्यक्ष विक्रम कार्की ,व्यावासायीहरु जानुका सुन्दास,रेणुका कार्की लगायतले मुल्य संकलनलाई बैज्ञानिक र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो ।
मूल्य तथ्याङ्क सम्वन्धि उक्त अन्र्तक्रिया कार्यक्रममा स्वागत मन्तव्य मूल्य संकलक गुरुप्रसाद काफ्ले र कार्यक्रमको संचालन राष्ट्र बैकका कुसल ढकालले गर्नु भएको थियो भने सहजीकरण मूल्य संकलक सन्तोषी राईले गर्नु भएको थियो ।