धनकुटा भिरगाउका यज्ञ बहादुर ४ दिन देखि बेपत्ता।

14Shares

फागुन ४ धनकुटा ।
धनकुटा नगरपालिका ४ का भीरगाउँका एक पुरुष ४ दिन देखी वेपत्ता भएका छन् । धनकुटा ४ ठोका अस्थायी ठेगाना रहेका ३२ वर्षका,५ फिट ४ ईञ्च उचाईका यग्य वहादुर थापा मगर नाम गरेका पुरुष यही फागुन १ गतेदेखी धनकुटा ४ बाटै वेपत्त भएका हुन् । रातो जम्पर र रातै ट्रयाक लगाएका गहुगोरो,पातलो शरिर भएका वेपत्ता यज्ञ वहादुर थापाको खोजीका लागि प्रहरीमा उजुरी परेपछि खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । वेपत्ता यज्ञ वहादुरको खोजीका लागि उनका दाई धनकुटा ४ भीरगाउँ निवासी पृथ वहादुर थापाले फागुन ३ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।

14Shares