धनकुटामा श्रीपन्चमिको दिन शरस्वतिको पुजा भब्य रुपमा गरियो

36Shares

फागुन ४ धनकुटा ।
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाईएको छ । यो अवसरमा धनकुटा,हिले,पाख्रीवास सहित देशभर नै विद्यालय तथा सरस्वतीका मन्दिरहरुमा देवी सरस्वतीको निष्ठा पूर्वक पूजा–आराधना गरिएको छ । साथै विद्यालयहरुमा साँस्कृतिक एवम् खेलकुदका क्रियाकलाप समेत सञ्चालन गरिएको छ । सरस्वती पूजाको अवसरमा विधिपूर्वक सरस्वतीको पूजा गरि कक्षा १ देखी विविएस सम्मको विद्यार्थीहरुले विद्यालयमा दिनभरी नै साँस्कृतिक कार्यक्रम प्रदर्शन गरेको हिले माद्यमिक विद्यालयका शिक्षक दीपक घिमिरेले वताउनुभयो । कार्यक्रममा शिक्षक विद्यार्थी अभिभावक तथा जनप्रतिनीधिहरुको उपस्थिती थियो । त्यस्तै मदरल्याण्ड वोर्डिङ स्कूलमा पनि साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको प्रिन्सिपल प्रेम सुव्वाले वताउनुभयो । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । तर यो वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म भने गरिएन । आजका दिन बालबालिकालाई शिक्षारम्भ तथा नाक–कान छेड्न पनि शुभ मानिन्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

36Shares