देवेनारा समूह बिराटनगरको सहयोगमा चौबिसे गा.पा. स्थित बोधे प्रा.बि. का विद्यार्थीहरुलाई पोशाक र स्टेसनरी हस्तान्तरण


फागुन ६ धनकुटा ।-नरेन्द्र कश्चित

चौविसे गाउँपालिका वडा नं ५ स्थित वोधे प्राथमिक विधालयका छात्र छात्राहरूलाई न्यानो कपडा,पोशाक र स्टेशनरी सामाग्री आज हस्तान्तरण गरिएको छ ।

देवेनारा समूह विराटनगरको सहयोगमा सामाग्री हस्तान्तरण गरिएको विपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटा क्षेत्र नं २ का क्षेत्रिय सभापति इन्दिरा थापाले बताउनु भयो ।
विपी कोइराल सोसलिष्ट इन्टरनेशनल नेपालका केन्द्रिय अध्यक्ष इन्दिरा थापाको प्रमुख आतित्थ्यमा उक्त सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।वोधे प्राथमिक विधालय चौविसे ५ का ३७ जना छात्र छात्राहरूलाई न्यानो कपडा,पोशाक र स्टेशनरी प्रदान गरिएको छ ।हस्तान्तरण कार्यक्रम बोधे प्राथमिक विधालयका विधालय व्यस्थापन समितिका अध्यक्ष महेन्द्र शेर्मा लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैगरि चौविसे गाउँपालिका वडा नं ४ कुरूलेको कट्टेल गाउँमा खानेपानी व्यवस्थापन गर्नलाई सहज होस भनि खानेपानीको पाइप समेत वितरण गरिएको छ ।वडा नं ४ का वडा अध्यक्ष नगेन्द्र तामाङ्ग(जीवन) मार्फत कट्टेल गाउँलाई पाईप हस्तान्तरण गरिएको विपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालका केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटा क्षेत्र नं २ का क्षेत्रिय सभापति इन्दिरा थापाले बताउनु भयो ।
हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य मोहोन वान्तावा,रमेश इवाहाङ्ग,तिर्थ राई स्थानीय समाजसेवी तथा वुध्दिजीवि दूर्गा न्यौपाने लगायतकाले मन्तब्य राख्नु भएको थियो ।