धनकुटामा गरिखाने अभियान अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न।

19Shares

फागुन ७ धनकुटा ।-नरेन्द्र कश्चित
धनकुटामा गरीखाने अभियान संचालन गर्नका लागी आयोजना गरिएको १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
गरीखाने अभियानको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमको समापन समारोहमा नेपाली कांग्रेसका सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापाले सवै कांग्रेसलाई उद्यमी र व्यावसायी बनाउनका लागी गरीखाने अभियान संचालन गरिने वताउनु भयो ।
पूर्व मन्त्री तथा लगानी पूर्वाधार र रोजगार दृष्टिकोण दिगो परियोजना विशेष समितिका १ नम्वर प्रदेश संयोजक नेपाली कांग्रेसका नेता दिपक खड्काले राजनीति र राजनीतिज्ञलाई सम्मानीत बनाउनका लागी खरिखाने कार्यक्रम प्रभावकारी हुने वताउनु भयो ।
संविधान सभाका सदस्य तथा नेपाली कांग्रेसका आमान्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले राजनीतिमा लाग्ने नेता तथा कार्यकर्ताहरुलाई आत्मनिर्भर बनाउनका लागी गरीखाने कार्यक्रम उपयोगी हुने भएकोले यस अभियानमा जोडिन सवैलाई अनुरोध गर्नु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,प्रदेश सभा सांसद लिला सुब्बा,सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधान,नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई लगायतले व्यावसाय र राजनितिलाई संगै अगाडी बढाए मात्र दिगो राजनीती गर्न सकिने भएकोले गरीखाने कार्यक्रम राजनीति गर्नेहरुका लागी ठूलो अवसर भएको वताउनु भयो ।

लगानी पूर्वाधार र रोजगार दृष्टिकोण दिगो परियोजना विशेष समितिका १ नम्वर प्रदेशका सदस्य तथा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको गरी खाने अभियान कार्यक्रमको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा गरी खाने कार्यक्रमका सि ओ राजु नेपाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द्र पोखरेलले सहभागीहरुलाई गरीखाने अभियानको वारेमा र कांग्रेसको विषयमा प्रशिक्षण दिनु भएको थियो ।
नेपाली कांग्रेस धनकुटका जिल्ला समिति,क्षेत्रिय समिति,पालिका समिति,वडा समितिका पदाधिकारीहरु,सदस्यहरु र भातृ तथा सुबेच्छुक संस्थाहरुका पदाधिकारीहरु र व्यावसायीहरुले उक्त गरिखाने कार्यक्रमको प्रशिक्षण कार्यक्रममा सहभागीता जनाएका थिए ।
नेपाली कांग्रेसले कांग्रेसका सवै नेता तथा कार्यकर्ताहरुलाई उद्योग,व्यापार तथा व्यावसायमा लगाई आत्मनिर्भर बनाउने उदेश्यले धनकुटा जिल्लाका ६० वटै वडाहरुमा खरीखाने कार्यक्रम संचालन गरिने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
धनकुटामा संचालन गरिने गरीखाने अभियानका लागी सम्पर्क व्यक्तिको रुपमा नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष १ नम्वर प्रदेश समितिका सदस्य दिनेश राई,नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्बिका धमलालाई जिम्मेवारी दिएको गरीखाने अभियानका सिओ राजु नेपालले वताउनु भयो ।

19Shares