प्रजातन्त्र दिवसको उपलक्ष्यमा धनकुटा बाणिज्य संघले दिप प्रज्वलन गर्यो।


फागुन ७ धनकुटा ।
प्रजतन्त्र दिवसको अवसरमा धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
धनकुटाको ग्रिन पार्क स्थित चुवाको वोट चौकमा धनकुटा उद्योग बाणिज्य संघले प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन गरेको हो ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले प्रजातन्त्र दिवसको अवसरमा सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै आम नेपालीहरुलाई शुभ कामना व्यक्त गर्नु भयो । कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ विशिष्ट सदस्य शैलेसमान श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पालिखे,अम्विका धमला,रेवती प्रसाद दाहाल,धनकुटा होटल एशोसिएसनका सचिव मणी घिमिरे,वरिष्ठ व्यावसायी लक्ष्मी श्रेष्ठ,धनकुटा उद्योग बाणिज्य संघका कार्यालय सचिव सिचन प्रधान कर्मचारी मुकेश राई लगायत धनकुटाका व्यावसायीहरुको सहभागिता रहेको थियो ।