छोरीको जन्म दिनमा मान बहादुरले स्कुलका जेहेन्दार विद्यार्थीलाई पोशाक बितरण गरे।


फागुन ७ धनकुटा ।
धनकुटाको चौविसे गाउँपालिकाका एक परिवारले आफ्नो छोरीको जन्मोत्सव विद्यालयका विद्यार्थीहरुलाई पोषक वितरण गर्दै मनाएका छन् । चौविसे २ का बुवा मानवहादुर वस्नेत र आमा रिता वस्नेतले आफ्नी छोरी रिजमा वस्नेतको जन्मोत्सव संयुक्त माद्यमिक विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोषाक प्रदान गरेर मनाएका हुन् । आफ्नी छोरी २ वर्ष पूरा भई ३ वर्ष लागेको उपलक्षमा उनिहरुले एक कार्यक्रमको वीच सो विद्यालयका कक्षा १ देखी १० सम्मका एक एक जना गरि जम्मा १० जना छात्राछात्रलाई पोषाक प्रदान गरेको स्थानिय शालिग्राम पौडेलले जानकारी दिनुभयो । पोषाक पाउनेहरुमा कक्षा १ देखी १० सम्मका क्रमश विश्व लिम्वु,आरोहाङ लिम्वु,सौगात लिम्वु,किरण याख्खा,एलिन लिम्वु,रेजिना लिम्वु,नम्रता पौडेल,रञ्जना लिम्वु,लक्ष्मी लिम्वु र संगीता लिम्वु रहेका छन् । विद्यालयका प्रधानाध्यापक तेज प्रकाश तुम्साको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वोल्दै अतिथिहरु शालिग्राम पौडे र चिन्तामणी पौडेलले जन्मोत्सव मनाउँदा खाने पिउनेमा खर्च गर्नुभन्दा यस्ता र्सिजनशिल र सहयोगि कार्य गरे विद्यार्थी एवम् अभिभावक दुवैतर्फ उत्साह थपिने वताएका थिए । मानवहादुर वस्नेत सोही विद्यालयका शिक्षक समेत हुनुहुन्छ ।