बिभीन्न प्रतियोगिताका बिच खाम्लालुङ फुटबल स्तम्भ उद्धघाटन फागुन १७ देखी सुरु।

17Shares

तेह्रथुम १० फागुन
बर्षा पाक्साँवा
तेह्रथुम जिल्लाको आठराई गाउँपालिका खाम्लालुङमा २ कालिका आधारभुत बिद्यालयमा खाम्लालुङ फुटबल स्तम्भ उद्धघाटन तथा गजेन्द्र इस्वो स्मृती रनिङ फुटबल कप २०७७ आयोजना हुने भएको छ । यही फागुन १७ गते देखी २३ गते सम्म खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिताका साथ बिभीन्न कार्यक्रमहरु आयोजना हुने भएको आठराई गाउँपालिका २ का वडाध्यक्ष दिकुमार पाहिमले बताए । पुरुष फुटबल प्रतियोगितामा बिजेताले नगद १ लाख २० हजार प्रमाणपत्र रनिङ ट्रफी र मेडल पाउने भएका छन । त्यस्तै उपबिजेताले नगद ८० हजार प्रमाणपत्र ट्रफी र मेडल पाउने भएका छन । महिला फुटबल प्रतियोगिता तर्फ बिजेताले नगद ६० हजार प्रमाण पत्र ट्रफी र मेडल पाउने भएका छन । त्यस्तै उपबिजेताले नगद ४० हजार प्रमाणपत्र ट्रफी र मेडल पाउने भएका छन । त्यस्तै ब्याटमिन्टन प्रतियोगितामा प्रथमले नगद २० हजार र प्रमाणपत्र पाउने छन । देश्रो हुनेले नगद १० हजार र प्रमाण पत्र पाउनेछन । त्यस्तै धाननाचमा प्रथमले १५ हजार दोश्रोले १० हजार र प्रमाणपत्र पाउने भएका छन । साथै सांस्कृतिक कार्यक्रम तर्फ प्रथमले १५ हजार दोश्रोले १० हजार र प्रमाणपत्र पाउने भएको छन । प्रतियोगिता आठराई गाउँपालिका २ वडा कार्यालय,खाम्लालुङ खेलकुद बिकास समिती हङकङ र कालिका आधारभुत बिद्यालय खेल समितीको आयोजनामा हुने भएको हो ।

17Shares