नाल्बो दम्पतीद्वारा १५ लाख सहयोग प्रदान।

13Shares

फागुन १० तेह्रथुम ।-वर्षा पाँक्सावा

तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकामा रहेको चोत्लुङ पार्कमा लिम्बु देवारी घर निमार्ण गर्न नरेश नाल्बो र आशा नाल्बोले रू १५ लाख सहयोग प्रदान गरेका छन ।

सान्थाक्रा ताप्लेजुङ घर भइ पथरी ५ मा स्थायी बसोबास भएका हाल युकेमा कर्मथलो बनाउँदै आएका नरेश नाल्बो र आशा नाल्बोले पेगिफाङसाम हिम अर्थात देवारी घर निर्माणार्थ रू १५ लाख सहयोग प्रदान गरेका हुन् ।

लालिगुराँस नगरपालिकाका प्रमुख अर्जनु माबोहाङलाई दम्पतीका प्रतिनिधी मबेन्द्र नाल्बो बिच सम्झौता गरी घर निर्माणार्थ पहिलो किस्ता ८ लाख हस्तान्तरण भएको नगरपालिकाका प्रमुख माबोहाङले बताउनु भयो । लिम्बु समुदायको सामाजिक इतिहास तथा संस्कार सँस्कृति संरक्षण गर्ने उदेश्यले नाल्बो दम्पतीले सहयोग गरेको बताउनु भयो । सहयोग प्राप्त भए सँगै निमार्ण हुने घरमा मुन्धुम सिकाई प्रशिक्षणका साथै लिम्बु समुदायको फेदाङमा,येबा,साम्बा तथा येमाहरुको ज्ञान प्राप्त गर्ने घरको रुपमा भवनलाई प्रयोग गरिनेछ ।उक्त देवारी घर आगामी २ महिना भित्र सम्पन्न हुने भएको छ ।

13Shares