ध्वानी प्रदुषण रोक्न हर्न निषेध अभियान।

31Shares

फागुन १० धनकुटा ।-नरेन्द्र कश्चित

नेपाल ट्राफिक प्रहरीले हर्न निषेध अभियान लाई विशेष प्राथमिकतामा राख्दै कार्यान्वयनमा ल्याएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयको तदारुकतामा आजबाट १ नं प्रदेश भर एकसाथ अभियान थालिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले समेत हर्न निषेध अभियान सञ्चालन गरेको छ ।ट्राफिक प्रहरीले विभिन्न सवारी साधन रोकेर चालकलाई नमस्कार गर्दै अभियानको बारेमा जानकारी गराएको छ ।

सोही अनुरुप मातहतका कार्यालयले राजमार्ग तथा साहयक मार्गमा सवारीका साधन रोकेर प्रेसर हर्न नबजाउन आग्रह सहित चालक लक्ष्यित कार्यक्रम संचालनमा ल्याइएको हो । ट्राफिक प्रहरीले सवारी चालकहरुलाई आदर सहित अनुरोध गर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

अभियानकै क्रममा ट्राफिक प्रहरीले चालक समक्ष ध्वनी प्रदुषण रोक्नको लागि अभियान कार्यान्वयनमा साथ दिन अनुरोध गरेको छ ।

31Shares