शहिदभुमी गाउँ पालिकाका ज्येष्ठ नागरिकलाई दन्त उपहार शिविर कार्यक्रम

23Shares

फागुन १० धनकुटा ।
सहिदभुमि गाँउपालिका धनकुटामा आजदेखि प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम शूुरु भएको छ । प्रदेश नं १ का प्रदेश प्रमुख सोम नाथ अधिकारी प्यासीले एक कार्यक्रमका वीच जेष्ठ नागरिक दन्त उपहार कार्यक्रमको उद्घाटन गर्नुभएको हो । शिविरको पहिलो दिन आज सहिदभुमि गाँउपालिकाका २ सय २५ जना जेष्ठ नागरिकले सेवा लिएका छन् । पूर्वाअञ्चल डेन्टल हस्पिटल ईटहरीको प्राविधिक सहयोगामा सञ्चालित शिविर उद्घाटन कार्यक्रममा वोल्दै प्रदेश प्रमुख अधिकारीले प्रदेशको नीति तथा कार्यक्रम अनुसार नै यो कार्यक्रम सञ्चाललन गरिएको स्पष्ट पार्नुभयो । उहाँले जनप्रतिनीधिहरु जनताको घर दैलोमा पुगेर जनताको जीवन स्तर सबल र सार्थक वनाउन पनि यो कार्यक्रम अघि सारेको भन्दै सामाजिक सूरक्षा भक्ता पनि ५ हजार पुर्याउने योजना बनाइसकेको बताउनु भयो । त्यस्तै प्रदेश संसद विनादेवी राईले प्रदेशका हरेक नागरिकको स्वास्थ्य सूरक्षालाई प्राथामिक्तामा राख्दै प्रदेश सरकारले स्वास्थ्य सेवालाई थप व्यवस्थित गर्दै लगेको वताउनुभयो । कार्यक्रममा प्रदेश संसद निरन राईले प्रदेश १ का सबै स्थायि तहमा १५ बेडको हस्पिटल निर्माण कार्य अघि वढेको जानकारी गराउनुभयो । र प्रदेशले स्वास्थ्य क्षेत्रको भौतिक पुर्वाधार निमार्ण क्षेत्रमा कायपलाट गरिसकेको उहाको भनाइ थियो । मानव जीवनका लागि दाँत एक महत्वपूर्ण अंग भएकोले जेष्ठ नागरिकको जीवन यापनमा सहजता प्रदान गर्न,उनिहरुलाई निरोगी बनाउने उद्देश्ले यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले वताउनुभयो । शिविरमा दात सफा गर्ने, दाँत भर्ने तथा खुद्रा तथा सेट दात लगाइ दिईने सहिद भुमि गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख फकिर महमोदले बताउनु भयो । कार्यक्रमको सञ्चालन गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष रत्नश्वरी राईले राख्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु तथा वडा सदस्य तथा कर्मचारी लगायत सञ्चारकर्मीको उपस्थिति थियो । शिविर ३ दिन सम्म सञ्चालन हुनेछ । यो कार्यक्रम धनकुटाको चौविसे र शहिदभूमि गाउँपालिकामा प्रदेश संसद निरन राईको प्रयत्नमा सञ्चालनमा ल्याईएको कार्यक्रममा जानकारी दिईएको थियो । शिविरमा लगाईएका दाँत दश वर्ष सम्म टिक्ने जनाईएको छ ।

23Shares