सांकेतिक वोर्ड राख्दै धनकुटाका ट्राफिक प्रहरी।

38Shares

फागुन ११ धनकुटा ।

सवारी दूर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले सचेतनामुलक ट्राफिक सांकेतिक वोर्डहरू राख्न शुरू गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको सक्रियतामा सचेतना मूलक ट्राफिक सांकेतिक वोर्डहरु जिल्लाको विभिन्न स्थानमा राखिएको हो ।

ट्राफिक प्रहरी कार्यालय धनकुटा र जिल्ला प्रहरी कार्यालय धनकुटाको अनुरोधमा धनकुटा नगरपालिकाको सहयोगमा वनाईएका २० वटा वोर्डहरु धनकुटा नगर क्षेत्र र कोशी लोक मार्गका विभिन्न स्थानमा राखिएको ट्राफिक प्रहरी दीपक खड्काले बताउनु भयो ।

ट्राफिक प्रहरीको टोलिले ती स्थानहरुमा हर्न निषेधित क्षेत्र,दूर्घटना सम्वन्धित क्षेत्र,गति सिमित जस्ता सचेतना मूलक सन्देश लेखिएका वोर्डहरु राखिएका हुन् । यसले सवारी दूर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

38Shares