धनकुटा छ्थर जोरपाटीमा कर्म थर्पोलिङ गुम्बा उद्धघाटन सम्पन्न

23Shares

फागुन ११ धनकुटा ।
धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नंं.५ स्थित् परेवादिनमा हालै निर्माण कार्य सम्पन्न गरिएको कर्म थर्पोलिङ गुम्वाको एक औपचारिक समारोहको विच सोमवार समुद्धघाटन गरिएको छ ।
संघिय सरकार, स्थानिय सरकार र विभिन्न सरोकारवाला संघ संस्था र व्याक्तिको ३० लाख, ३८ हजार, १ सय ४५ रुपयाँ लगानीमा निर्माण कार्य सम्पन्न भएको कर्म थर्पोलिङ गुम्वाको विघटित प्रतिनिधिसभाका सांसद राजेन्द्र कुमार राईले समुद्धघाटन गरेका हुन् । राईले गुम्वाको मुल ढोकामा राखिएको पञ्चद्धिप प्रज्वलन गर्दै रिवन काटेर गुम्वाको समुद्धघाटन गरेका हुन । गुम्वा समुद्धघाटन गर्दै सांसद राईले भनेवर्तमान सरकार सवै खाले जाति समुदायका भाषा, धर्म, संस्कार, संस्कृतिको जगेर्ना गर्न लागी परेको छ । उनले अहिलेको राजनितिक असुन्तलन भैरहेको अवस्थामा पनि ओली नेतृत्वको सरकारले नागरिकको गाँस, वाँस र कपासको सवालमा कुनै कसुर वाँकी नराखी काम गर्दै आएको वताए । आना पार्टीको जनप्रतिनिधिहरुले जनताको हितमा सकरात्मक काम गरेको दावी समेत सांसद राईले गरे ।
गुम्बा निर्माणको लागी संघिय सांसद राजेन्द्र राईले १० लाख, छथारजोरपाटी गाउँपालिकाबाट ९ लाख, ३० हजार, काठमाण्डौं वौद्ध संघका अध्यक्ष वाङ्गदी लामाले ५ लाख, विभिन्न संघ संस्थाहरुबाट १ लाख, १५ हजार, २ सय १०, कर्म थर्पोलिङ गुम्बाको सदस्यहरुबाट ४ लाख, १० हजार, ७ सय ७५ र वडा घेदुङका सदस्यहरुबाट ८२ हजार, १ सय, ६० गरी जम्मा ३० लाख, ३८ हजार, १ सय ४५ रुपयाँमा गुम्वा निर्माण कार्य सम्पन्न भएको गुम्वा समितिका अध्यक्ष बीर वहादुर घिसिङ तामाङले बताए । नेपाल तामाङ घेदुङ छथरजोरपाटी ५ नम्वर वडा घेदुङका अध्यक्ष समेत रहेका घिसिङले गुम्वा निर्माणको लागी सहयोग गर्ने सम्पुर्ण दाताहरुलाई सो अवसरमा समुदायको तर्फबाट धन्यवाद समेत दिएका छन् ।
२८५७ सोनाम ल्होछार नयाँ वर्षको अवसरमा आयोजना गरिएको शुभकामना आदनप्रदान तथा गुम्वा उद्धघाटन समारोहमा छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरवहादुर लिम्वु, उपाध्यक्ष भिम्कला श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य शिव आङ्गला, जिल्ला घेदुङका अध्यक्ष विष्णु मोक्तान, फोनिज धनकुटाका अध्यक्ष सन्तवीर लामा, छथरजोरपाटी वडा नं.५ का वडाध्यक्ष सुरेन्द्र लिम्वु, वडा नं.४ का वडाध्यक्ष टेकवहादुर घिसिङ, ताम्वा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान, छथरजोरपाटी घेदुङका अध्यक्ष मनकुमारी गोले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा ताम्वा संघ धनकुटाका डम्फुरे टोलीले डम्फु वजाएर सांगसेर्गेम गर्नुको साथै सेनाम ल्होछारको डम्फू सेलो गाएर सहभागीलाई नचाएका थिए । कार्यक्रमको संचालन जिल्ला घेदुङका सदस्य गोविन्द वम्जनेले गरेका थिए भने स्वागत मन्तव्य कर्म थर्पोलिङ गुम्वाका सदस्य कुमार घिसिङले राखेका थिए । कार्यक्रममा स्थानिय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

23Shares