शहिदभुमी गाउँपालिका का ३९३ ज्येष्ठ नागरिकले दन्त उपहारको सेवा लिए

26Shares

फागुन १२ धनकुटा ।
धनकुटाको शहिदभूमी गाउँपालिकामा सञ्चालित प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रममा जम्मा ३ सय ९३ जनाले सेवा लिएका छन् । फागुन १० गतेदेखी सञ्चालित आज सम्म चलेको कार्यक्रममा ९६ जनाको सेट दाँत लगाईएको,१ सय २८ जनाको ६ सय ७३ खुद्रा दाँत लगाईएको र २ सय ४२ जनाको दाँत निकालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फकिर मोहम्मदले जानकारी दिनुभयो । यो सँगै आज कार्यक्रम समापन भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार शहिदभूमी गाउँपालिकामा प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा पूर्वाअञ्चल डेन्टल हस्पिटल ईटहरी र गाउँपालिकाका स्वास्थ्य शाखाका दन्त चिकित्सकहरुले सेवा दिएका थिए ।

26Shares