जन्मदिनको अवसरमा छात्र छात्रालाई शैक्षिक सामाग्री वितरण।

64Shares

फागुन १३ धनकुटा ।-नरेन्द्र कश्चित
जन्मदिनको अवसर पारेर पवित्रा सुब्बा र निर्मला खड्काले विद्यार्थीहरुलाई झोला,कपी र पेन्सिल साँगुरीगढी ६ मा आज वितरण गर्नु भयो ।

धनकुटा साँगुरीगढी वडा नं ६ मा अवस्थित महाभारत प्राथमिक विद्यालयका ४६ जना छात्र छात्रालाई जन्मदिनको अवसर शैक्षिक सामाग्री झोला,कपि र पेन्सिल वितरण गरिएको हो ।

लायन्स क्लब अफ भेडेटार पाथीभरा धनकुटाको संयोजनमा उक्त शैक्षिक सामाग्री वितरण गरिएको लायन क्लब अफ भेडेटार पाथीभरा धनकुटा अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।

फस्ट भिडिसि लाइन रेवत बहादुर कार्कीको प्रमुख आतित्थ्य तथा लायन्स क्लब अफ भेडेटार पाथिभराका अध्यक्ष डम्बर लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

64Shares